मन्त्री, सांसद तथा कर्मचारीहरुलाई आध्यात्मिक ज्ञानको आवश्यकता छ : प्रदेश प्रमुख घर्ती



मन्त्री, सांसद तथा कर्मचारीहरुलाई आध्यात्मिक ज्ञानको आवश्यकता छ : प्रदेश प्रमुख घर्ती

भालुवाङ ९ फागुन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सांसद, मन्त्री तथा कर्मचारीहरुको आनीबानीमा सुधार ल्याउन आध्यात्मिक ज्ञानको आवश्यकता रहेको बताएका छन् ।

राप्ती गाउँपालिका मसुरीया दाङ र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राप्ती गाउँपालिका–१ शाखा पाखापानीको संयुक्त आयोजनामा शुक्रवार दाङको राप्ती गाउँपालिका–३ मसुरीया सिरिचौरमा आयोजना गरिएको ८९ औं महाशिवरात्री महोत्सव एवम् सचेतनामूलक कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घर्ती मगरले सो कुरा बताएका हुन् । एकले आर्काको खुट्टा तान्ने प्रवृति र सत्तामा हुँदा सवै राम्रो र सत्ताबाट बाहिरिए सवै नराम्रो देख्ने राजनीतिक भित्रको रोग तथा विकृतीलाई अन्त्य गर्न तथा सकरात्मक चिन्तनको विकास गर्न धार्मिक क्षेत्रको प्रशिक्षणले केहि परिवर्तन हुनेमा आफु विश्वस्त रहेको प्रदेश प्रमुख घर्तीले बताए ।

त्यस्तै उनले मापसे, लापसे र लापरवाहीका कारण पनि समाजमा समाज बिग्रिएको बताउँदै त्यसका लागि आफ्नो आनीबानीमा पनि सुधार गर्न आवश्यक रहेको बताएका छन् । त्यस्तै लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड केसीले हरेक मानव स्वस्थ्य रहनका लागि शारिरीक, सामाजिक तथा संवेगात्मक रुपले स्वस्थ्य रहेपनि मानसिक रुपमा मानिस स्वस्थ नभएको बताउँदै त्यस तर्फ ध्यान दिन सुझाव दिएकी छिन् । उनले मानसिक रुपमा स्वस्थ रहनका लागि आध्यात्मिक चिन्तनको विकास हुन जरुरी रहेको बताइन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय तुलसीपुर राप्तीका क्षेत्रीय प्रमुख राजयोगिनी गीता दिदीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा लागुऔषध दुव्र्यशन विरुद्ध समेतना मुलक आत्धात्मिक नाटक समेत देखाइएको थियो । कार्यक्रम सुरु हुनु पुर्व राप्ती गाउँपालिकाको कार्यालय मसुरीयाबाट निकालिएको प्रभातफेरी राजधानी परिसर परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेको थियो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा पाखापानीकी प्रमुख यमुना दिदीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दाङका प्रवक्ता माधव तिमिल्सिनाले गरेका थिए ।

तनाव व्यवस्थापन र सकारात्मक सोचको विकासका लागि उत्प्रेरणात्मक प्रशिक्षण
दुव्र्यसनरहित स्वस्थ र स्वच्छ महाशिवरात्री महोत्सव अन्तरगत जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी लगायतलाई विभिन्न चरणमा तनाव व्यवस्थापन र सकारात्मक सोचको विकासका लागि उत्प्रेरणात्मक प्रशिक्षण समेत दिइएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दाङका प्रवक्ता माधव तिमिल्सिनाले सकारात्मक सोचको विकास गरी समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक निर्माण गर्ने मुख्य उदेश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । कार्यक्रमको पहिलो दिन अन्तर्राष्ट्रिय प्रशिक्षक ब्रह्माकुमार बिजयराज सिग्देलले शिक्षक र अभिभावकलाई नैतिक शिक्षा, मूल्य आधारित शिक्षण, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र सकारात्मक सोचबारे प्रशिक्षण दिएका थिए । भने बिहीबार र शुक्रबार जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, राजनीतिक दलका प्रमुख, सुरक्षाकर्मी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, सकारात्मक सोच तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे