सिसहनियाँ उद्योग वाणिज्य संघको अध्यक्षमा ईश्वरीप्रसाद अधिकारी निर्विरोध निर्वाचित



सिसहनियाँ उद्योग वाणिज्य संघको अध्यक्षमा ईश्वरीप्रसाद अधिकारी निर्विरोध निर्वाचित

सिसहनियाँ ६ फागुन । सिसहनियाँ उद्योग वाणिज्य संघको अध्यक्षमा ईश्वरीप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार भएको मनोनयन दर्ताको अन्तिम समय सम्म अध्यक्ष पदका लागि कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विनोद कुमार गुप्ताले जानकारी दिएका छन् । संघको गत शनिबार भएकाे चौथो अधिवेशनमा अध्यक्ष पदका लागि ईश्वरीप्रसाद अधिकारी र प्रकाश आचार्यले आ-आफ्नो अडान नछाडेपछि निर्वाचन प्रकृयामा जानू परेको थियो । तर मनोनयन दर्ताको निर्धारित समय १ बजे सम्म आचार्यले उम्मेदवारी नदिए पछि अधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक गुप्ताले जानकारी दिएका छन् ।

संघको अन्य पदमा भने यस अघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन् । सर्वसम्मत निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्षमा मदन पोख्रेल, उद्योग उपाध्यक्षमा भागवत ज्ञवाली, वाणिज्य उपाध्यक्षमा भिमबहादुर चौधरी, महासचिवमा प्रशान्त बसेल, सचिवमा रामलाल पाण्डे, कोषाध्यक्षमा गिरबहादुर ज्ञवाली, सह–कोषाध्यक्षमा सनिप ज्ञवाली रहेका छन् ।

त्यस्तै सदस्यहरुमा निमराज चौधरी, गोविन्दबहादुर कुँवर क्षेत्री, जीवन अधिकारी, तिर्थराज ज्ञवाली, कल्पना अधिकारी बेल्वासे, गीता कुमारी चौधरी, शान्ता सुवेदी, नारायण चौधरी, रामबहादुर चौधरी र बसन्ता जिसी रहेका छन् । यसै बीच निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम बुधबार विहान ११ बजे उद्योग वाणिज्य संघको सभाहलमा हुने निर्वाचन समितिका संयोजक गुप्ताले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे