राप्ती गाउँपालिकाद्वारा २ वडा सचिव सहित ६ जना कर्मचारी सम्मानित
भालुवाङ २५ माघ । दाङको राप्ती गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने २ वडा सचिव सहित ६ जना कर्मचारीहरुलाई सम्मान गरेको छ।
गाउँपालिकाले दोस्रो गाउँसभाको छैठौं अधिवेशनकाे अवसरमा शुक्रबार उनीहरुलाई सम्मान गरेको हाे। पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीका अनुसार वडा नम्बर २ का वडा सचिव सीता भण्डारी, ९ का सचिव राजेन्द्र विक्रम चाैधरीलाई सम्मान गरिएको हाे। त्यस्तै पालिकाकाे आर्थिक प्रशासन शाखाका सह लेखापाल रेशमराज अधिकारी, शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवी मल्ल, राप्ती आधारभूत अस्पताल कालापानीका सिनियर अनमी निरीक्षक मनमाया राेका र कार्यालय सहयोगी झविलाल सुवेदी पनि सम्मानित भएका छन् ।
सम्मानित भएका सबै कर्मचारीहरुलाई जनही २ हजार ७ सय रुपैयाँ नगद सहित सम्मान पत्र, टीका र दाेसल्ला ओढाएर सम्मान गरिएको थियो। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई गाउँपालिकाले प्रत्येक वर्ष विभिन्न कार्यक्रममा सम्मान गर्दै आएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताएका छन् ।
त्यस्तै उहाँले सम्मानले समग्र गाउँपालिककाे कार्यसम्पादनमा सकारात्मक प्रभाव ल्याउने र आगामी दिनमा सबै कर्मचारीहरू उत्कृष्ट हुने गरी कार्य सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो।
