लुम्बिनी प्रदेश सभाको बैठकमा बिशेष सम्वोधनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
भालुवाङ २५ माघ । लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभा बैठकमा बिशेष सम्वोधनका लागि निमन्त्रणा गरेको छ ।
फागुन ५ गते सोमवार बस्ने प्रदेश सभाको बैठकमा बिशेष सम्वोधनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको हो । सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनका लागि निमन्त्रणा गरेका हुन्। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ ।
फागुन ५ गते प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्
