सिरिन भ्याली पब्लिक स्कुलको २१ औं वार्षिकोत्सब तथा सरस्वती पुजा



सिरिन भ्याली पब्लिक स्कुलको २१ औं वार्षिकोत्सब तथा सरस्वती पुजा

भालुवाङ २१ माघ । सिरिन भ्याली पब्लिक स्कुल राप्ती गाउँपालिका–४ मौरीघाटको २१ औं वार्षिकोत्सब तथा सरस्वती पुजा कार्यक्रम सम्पन्न भएको छ ।विद्यालय सञ्चालक समितिका संस्थापक अध्यक्ष कृष्ण गिरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका ४ नम्बर वडा अध्यक्ष विरबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । शिक्षक मुगेन्द्र खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, विद्यालय सञ्चालक समिति अध्यक्ष शेरबहादुर गिरी, प्रबन्धक निर्देशक तेज विष्ट, प्रधानाध्यापक खिमबहादुर केसी विद्यार्थीहरू जेनिशा शाही र रमिला चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।सो अवसरमा विद्यालयले शिक्षक र विद्यार्थीलाई सम्मान समेत गरेको थियो । जसमा सल्लाहकारको तर्फबाट महत्तवपूर्ण योगदान पु¥याए वाफत कृष्ण गिरी, खेलकुदमा प्रमुख भुमिका खेलेको भन्दै शिक्षक दिलिप वली र  शिक्षिका अस्मिता घर्तीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । साथै कार्यक्रमको बीच बीचमा साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक बासुदेव रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे