पब्लिक एजुकेशन एकेडेमीको १७ औं वार्षिकोत्सब तथा सरस्वती पुजा



पब्लिक एजुकेशन एकेडेमीको १७ औं वार्षिकोत्सब तथा सरस्वती पुजा

भालुवाङ २१ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको पब्लिक एजुकेशन एकेडेमीको १७ औं वार्षिकोत्सब तथा सरस्वती पुजा कार्यक्रम सम्पन्न भएको छ ।विद्यालय सञ्चालन समितिका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न सवै पक्षको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । विद्यालयका सहायक प्रधानाध्यापक फनिराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चम्पकराज कार्की, पुर्व अध्यक्ष श्री कृष्ण शर्मा, पत्रकार महेश रिजाल, विद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्णा पोख्रेल, विद्यार्थी यज्ञ विक लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा पुरस्कार वितरण, विज्ञान प्रदर्शनी, सरस्वती पुजा तथा अक्षराम्भ र एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल १७ जना र कक्षा ८ तर्फ उत्कृष्ट नतउजा ल्याउन सफल २ जना छात्रछात्रालाई सम्मान गरिएको थियो भने कार्यक्रमको बीच बीचमा साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका मुना गिरी (केसी)ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे