भालुवाङ प्रहरीद्धारा बरामद गरिएको घरेलु मदिरा नष्ट

भालुवाङ २० माघ । इलाका प्रहरी कार्यालय भालुवाङले बरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ ।
प्रहरीको गस्ती टोलीले विभिन्न मितिमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बजार आसपास क्षेत्रहरुमा छड्के चेकिङको क्रममा विभिन्न भट्टी पसलहरुबाट बरामद गरी कार्यालयमा राखिएकोमा घरेलु मदिरा आइतवार नष्ट गरेको हो । कच्ची मदिरा (रक्सी) अन्दाजी १५० लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ (जाड) अन्दाजी ९५७ लिटर र जाँड बनाउन प्रयोग गरिने औषधी (मर्चा) अन्दाजी ८ केजी नष्ट गरिएको कार्यालय प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझीले जानकारी दिएका छन् ।
कार्यालयको नियन्त्रणमा राखिएकोमा मदिरालाई अन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङका अन्तरशुल्क अधिकृत उपेन्द्रबहादुर पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि डिल्लीराज सुवेदी, वडा सदस्यहरु आत्मराम पौडेल, पार्वती सुबेदी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका प्रतिनिधी बिष्णुप्रसाद बोहरा, समाजसेबी उमेश कडायत, लालबहादुर गिरी लगायतको रोहवरमा सो घरेलु मदिरा खाल्डो खनि नष्ट गरिएको हो ।