देउखुरीमा गाडीकाे ठक्करबाट एक जनाको मृत्यु

लमही १८ माघ । दाङको देउखुरीमा गाडीकाे ठक्करबाट एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा बबई गाउँपालिका -३ पुरन्धारा बस्ने वर्ष ४५ की फुलबारी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।
आज बिहान ११:५० बजेको समयमा सतबरियादेखी लमहीतर्फ जाँदै गरेको लु ३ च ३०९० नम्बरको ब्रोइलर कुखुरा बोक्ने गाडीले लमही नगरपालिका – ७ को कप्तानगन्जमा ठक्कर दिएको प्रहरीको भनाई छ । दाङको पुरन्धाराबाट लमही नगरपालिका – ७ कप्तानगन्ज आफन्तकोमा आएर घर फर्किनका लागि उनिहरुले सडक किनारमा बस कुरेर बसेका थिए । घाइते हुनेमा लमही नगरपालिका -७ नयाँ बस्ति बस्ने वर्ष ६२ की फुलपतिया चौधरी र सोही ठाउँ बस्ने बर्ष ६५ की उदेसनी चौधरी रहेका छन । गाडी चालक लमही नगरपालिका -६ मध्यनगर निवासी वर्ष ३९ का देवलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।