एच. पि. भी खाेपका विषयमा जानकारी दिन राप्तीकाे ३ नम्बर वडामा अभिमुखीकरण
भालुवाङ १४ माघ । एच.पि.भि खोप अभियान २०८१ काे वडा स्तरिय खोप समन्वय समितिहरुका लागि अभिमुखीकरण कार्यक्रम कार्यक्रम राप्ती गाउँपालिका ३ को खुरुरिया आधारभूत स्वास्थ्य सेवा केन्द्र अन्तर्गत मसुरिया सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न भएको छ ।
वडा सदस्य शान्त प्रसाद चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका स्वास्थ्य शाखाकी भारती सन्यासी र स्वास्थ्य इकाई केन्द्रकी प्रमुख कमला न्याैपानेले राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य, महत्त्व र प्रभावकारिताको बारेमा र पाठेघरको मुखको क्यान्सरबाट बच्नको लागी दिइने एच.पि.भी.खोपको बारेमा जानकारी गराएका थिए । दाङको राप्ती गाउँपालिकामा २ हजार ८ सय १२ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइदै छ। माघ २२ गते देखि २९ गते सम्म सञ्चालन हुने कार्यक्रम अन्तरगत ३ न्बर वडामा माघ २३ देखि २७ गते सम्म सञ्चालन हुने छ ।
पालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका २ हजार ७ सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने छ। यो कार्यक्रम विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरिएको छ। कार्यक्रमका लागि पालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्था र विद्यालयहरुलाई खाेप केन्द्र निर्धारण गरिएको छ। खोप कार्यक्रम सञ्चालनका लागि ३४ स्वास्थ्यकर्मी, ६६ जना महिला स्वास्थ्य स्वयंसेविका तथा शिक्षक परिचालन गरिनेछ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । ‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को केही सहयोग र सरकारले पनि खरिदका लागि लगानी गरेको छ । मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसविरुद्ध खोप लगाउनुपर्ने हुन्छ। यस भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनाले हुने गरेको जानकारहरूको भनाइ छ । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।