सिसहनियाँ महोत्सव तीन दिन थपियाे, अब माघ १० गते सम्म सञ्चालन हुने



सिसहनियाँ महोत्सव तीन दिन थपियाे, अब माघ १० गते सम्म सञ्चालन हुने

सिसहनियाँ ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–५, कालापानी सिसहनियाँमा सञ्चालित दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव तीन दिन थपिएकाे छ । सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर ५, कालापानी स्थित राप्ती आधारभूत अस्पतालको पूर्वी भागमा सञ्चालित महोत्सव तीन दिन थप गरिएकाे उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिनुभयाे ।

ग्राहक र दर्शककाे माग अनुसार महाेत्सव तीन दिन थप गरिएकाे संघका अध्यक्ष बुढाथाेकीले जानकारी दिनुभयाे । अब महाेत्सव माघ १० गते सम्म सञ्चालन हुने भएकाे छ । गत पुस २५ गतेबाट शुरू भएकाे महाेत्सव करिब १५ दिन सम्म सञ्चालन हुने भएकाे छ । महाेत्सवमा स्थानीय उत्पादन, हस्तकला लगायतका एक सय बढी स्टलहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे