भट्टराई परिवारद्धारा निलसागरमा रहेका बेसहारा सडकमानवहरुलाई मिष्ठान्न भोजन

सिसहनियाँ ४ माघ । दाङ देउखुरीमा एक परिवारले आफ्नो स्व.बुवाआमाको सम्झनामा बेसहारा सडकमानवहरुलाई मिष्ठान्न भोजन खुवाएको छ ।राप्ती गाउँपालिका–८ पिपरी निवासी कृषि विकास बैंक मौरीघाटमा कार्यरत दुर्गा प्रसाद भट्टराई तथा सिता भट्टराईले आफ्ना स्व.बुवा गिताराम भट्टराई र आमा पवित्रा भट्टराईको सम्झनामा शुक्रवार राप्ती गाउँपालिका वडा नम्बर ८ मिलनडाँडामा रहेको निलसागर सेवा आश्रममा पुगेर त्यहाँ रहेका सडक आश्रित मानवहरुलाई विहानको एक छाक खाना स्वरुप माघी पर्वका अवसरमा खिचडी खुवाएका छन् । बुवा– आमाको नामबाट स्थापना गरेको पवित्रा–गिता अक्षयकोषबाट आएको व्याजले आश्रममा रहेका असहाय, बेसहारा, सहयोगापेक्षी सडकमानव बुवा– आमाहरुलाई मिष्ठान्न भोजन स्वरुप खिचडी, अचार, तरकारी खुवाएका हुन् ।
छोराहरु दुर्गबहादुर भट्टराई, जीवराज भट्टराई, बुहारीहरु सीता भट्टराई, सुजता भट्टराई नाति÷नातिनीहरु रमेश भट्टराई, बिशाल भट्टराई, शुभम भट्टराई, बिन्दु भट्टराई, नातिनी बुहारी संगिता भट्टराईले आश्रममा रहेका असहाय, बेसहारा, सहयोगापेक्षी सडकमानव बुवा– आमाहरुलाई मिष्ठान्न भोजन खुवाएका हुन् । गत वर्ष भट्टराई परिवारले ५० हजारको पवित्रा–गिता अक्षयकोष स्थापना गरेको थियो । आश्रमका असहाय, बेसहारा, सहयोगापेक्षी सडकमानव बुवा– आमाहरुलाई मिष्ठान्न भोजन गराएर पुण्य काम गरेको प्रति आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले धन्यवाद दिएका थिए ।