प्यूठानकाे दर्भानमा डस्टबीन भित्र नवजात शिशुको शव फेला : घटनाकाे अनुसन्धान सुरु



प्यूठानकाे दर्भानमा डस्टबीन भित्र नवजात शिशुको शव फेला : घटनाकाे अनुसन्धान सुरु

प्यूठान ३ माघ । प्युठानको सरुमारानी गाउँपालिका वडा २ दर्भानमा बिहिवार बिहान नवजात शिशु मृत अवस्थामा भेटिएको छ । सालनालसमेत नकाटिएको अवस्थामा शिशु फेला परेको स्थानीयले जनाएका छन् ।

स्थानीय बासिन्दाले फोहोर सङ्कलन गर्न राखिएको डस्टबिनमा घोप्टो पारेर फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले शिशु बेवारिसे अवस्थामा भेटिएको छ । नवजात शिशु मृत फेला परेको घटना बारे तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ । भैरहवा अन्तराष्टिय बिमानस्थलबाट बिहिबार साँझ तालिम प्राप्त कुकुर सहितको टोली पुगेसँगै उक्त टोलीले अनुसन्धान सुरु गरेको हो । घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरीक्षक केशब केसीले भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर घटनाको अनुसन्धान थालिएको जानकारी दिए ।

‘घटनाबारे प्रहरीले गम्भीररुपमा अनुसन्धान शुरु गरिसकेको छ, यसको लागि भैरहवाबाट कुकुर ल्याएर अनुसन्धान थालेका छौँ,’ प्रहरी निरीक्षक केसीले कामनाडेलीसंग भने,’कुकुरले घटनास्थलको छानबिन सुरु गरेको छ।’ बिहिबार बिहान शिसुको शव फेला परे पनि कुकुर सहितको टोली आउने भएपछि दिनभर शव चलाइएको थिएन । अहिले पनि प्रहरीले शबको सुरक्षा दिएको छ । गए राती बच्चा जन्माएर फोहोर फाल्ने डस्टबिनमा ल्याएर फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको प्रकृति हेर्दा अबैध सम्बन्धबाट जन्मिएपछी बच्चाको हत्या भएको हुनसक्ने देखिन्छ। डस्ट्बिनमा घोप्टो अबस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे