सिसहनियाँ महोत्सवमा हजारौं दर्शकको उपस्थिति : प्रमोद खरेलको प्रस्तुतीमा दर्शकको हुटिङ



सिसहनियाँ महोत्सवमा हजारौं दर्शकको उपस्थिति : प्रमोद खरेलको प्रस्तुतीमा दर्शकको हुटिङ

सिसहनियाँ २ माघ । दाङको राप्ती गाउँपालिका वडा नं ५ कालापानी सिसहनियाँमा सञ्चालित दोस्रो औद्योगिक कृषि तथा व्यापार महोत्सव २०८१ मा हिजो करिव १५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।बहुचर्चित गायक प्रमोद खरेल आउने भएपछि दर्शकहरू बालबच्चा बोकेर गाउँ-गाउँबाट आएका थिए । हिजो माघे संक्रान्ति पनि भएकोले पनि दर्शकको संख्या ह्वात्तै बढेको उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले बताएका छन् । महोत्सवमा गायक प्रमोद खरेलले आधा दर्जन बढी गित गाएर दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । गायक खरेलको प्रस्तुतिमा दर्शकहरूले हुटिङ गरेका थिए ।यस्तै महोत्सवमा थारू गायिकाहरू बसन्ती चाैधरी र संगिता चाैधरीले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए । भने सगरमाथा डान्सग्रुप र राष्ट्रिय थारू कलाकार मञ्चका कलाकारहरू तथा स्थानीय कलाकारहरूले मनोरञ्जन दिएका थिए । यसै बीच आज महोत्सवको साताै दिन चर्चित गायक टंक तिमिल्सिना, थारू गायक दोषहरण चाैधरी, डान्सर तथा मोडेल सिमा चौधरी, बेली डान्सर राधिका परियार, गायक तथा उद्घोषक राजेश भण्डारी लगायतका कलाकारहरू आउन लागेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे