पुस १५ गतेबाट भालुवाङ देखि नर्ती सम्मको दुरीमा टाइम कार्ड लागू हुँदै



पुस १५ गतेबाट भालुवाङ देखि नर्ती सम्मको दुरीमा टाइम कार्ड लागू हुँदै

भालुवाङ १४ पुस । दाङकाे देउखुरी स्थित  भालुवाङ देखि नर्ती सम्मको दुरीमा भाेली देखि टाइम कार्ड लागू हुन थालेकाे छ । पछिल्लाे समय साेही सडक खण्डमा अत्यधिक मात्रमा सवारी दुर्घटना बढ्न थालेपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ देखि नर्ती सम्मको  १५ किलोमिटर दुरीमा परीक्षणका लागि टाइम कार्ड लागू गरिन थालेकाे दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन्।

पुस ११ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले भाेली अर्थात सोमबार देखि परीक्षणको रुपमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनमा लगिन थालिएकाे प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । आइतबार जिल्ला पशासन कार्यालयमा भएको सरोकारवाला पक्षसँगको छलफलले थप निर्णयहरु गरेको छ। यो क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र सवारी साधन चलाउन मिल्ने गरी व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे