सञ्चार क्षेत्रलाई बलियो बनाउन साझा चरित्र आवश्यक : केन्द्रिय सचिव प्रियासन
भालुवाङ १३ कार्तिक । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सञ्चार क्षेत्रलाई बलियो बनाउन पत्रकार नेता एवं पत्रकार महासंघले साझा चरित्रको विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको शनिबार सितगंगा नगरपालिका–८ सातमारा स्थित होटल इभरल्याण्डमा आयोजित नवनिर्वाचित लुम्बिनी प्रदेशका कार्यसमितिको पदभार ग्रहण तथा केन्द्रीय समिति एवम् जिल्ला अध्यक्षहरूको स्वागत तथा बधाई कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै प्रियासनले यस्तो बताउका हुन् कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रियासनले लुम्बिनी क्षेत्रको पत्रकारिता अब्बल रहेको र यसको थप विकासका लागि सामुहिकतामा जोड दिए । पत्रकार महासंघलाई जिल्ला, प्रदेश देखि केन्द्र सम्म साझा मोर्चाका रुपमा विकास गर्नुपर्ने बताउँदै प्रियासनले महासंघको शुद्धिकरण अभियानलाई थप प्रभावकारीरुपमा अगाडी बढाइने बताए । राज्यले सञ्चार क्षेत्रको विकासका लागि विशेष योजना बनाउनुपर्ने आवश्यकता औल्याउँदै प्रियासनले सञ्चार माध्यमलाई आत्मनिर्भर र सञ्चारकर्मीलाई सबै सेवा सुविधा उपलव्ध गराउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रियासनले नयाँ नेतृत्वलाई शुभकामना दिँदै महासंघको संस्थागत विकासमा सबै पक्षसँग समन्वय गरि अगाडि बढ्न शुझाव दिए । सो अबसरमा प्रदेश समितिका निवर्तमान अध्यक्ष बसन्त गिरी नेतृत्वको समितिबाट नवनिर्वाचित समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंको नेतृत्वलाई शनिबार औपचारिक रुपमा पद हस्तान्तरण तथा नवनिर्मित कार्यालय भवनमा पदभार ग्रहण गरिएको थियो । सो अबसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाईले निवर्तमान कार्यसमितिले प्रदेशको भौतिक व्यवस्थापन सहित महत्वपुर्ण काम गरेकोमा आभार व्यक्त गर्दै नया नेतृतवले प्रदेशमा पत्रकार कल्याणकारी कोषको व्यवस्थापन, प्रदेश सञ्चार परिषदलाई नीतिगत तह देखिनै व्यवस्थापन गर्ने, र जिल्ला शाखा सँग समन्वय गरि सदस्यता शुद्धिकरण प्रकृयालाई व्यवस्थित गर्ने, सबै जिल्ला सम्म पत्रकारको क्षमता विकास तालिम लगायतका बिषयहरु कार्ययोजनामा समेटेर अगाडि बढ्ने बताए । सो अबसरमा सबै सञ्चार संगठनलाई पत्रकार महासंघको भवनमा कार्यालय स्थापना गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा प्रदेशबाट केन्द्रीय समितिमा निर्बाचित पदाधिकारी, सदस्य सहित लुम्बिनी प्रदेशका १२ वटै जिल्ला शाखा अध्यक्ष तथा पदाधिकारीको समेत उपस्थिति रहेको थियो । महासंघ लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष बसन्त गिरीको अध्यक्षता एवम् महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्यहरू रामराज पोख्रेल, लिला शाह, लुम्बिनी प्रदेश सञ्चार परिषद् अध्यक्ष मिलन गाहामगर, प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी सहइञ्चार्ज टीका बस्नेत, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र प्रकाश वली, नेपाल पत्रकार महासंघ रोल्पा शाखाका नवनिर्वाचित अध्यक्ष खुविना सुनारी मगरलगायतका वक्ताहरूले बोलेका थिए । कोषाध्यक्ष यमनाथ घिमिरेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव विक्रम खडकाले गरेका थिए ।