प्याब्सन घोराहीको भलिबल प्रतियोगितामा गुरुकुल एकेडेमीद्धारा तेस्रो स्थान हासिल
घोराही १३ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घोराही नगर कमिटीको आयोजनामा अन्तरविद्यालयीय शिक्षक भलिबल प्रतियोगिता २०८१ मा गुरुकुल एकेडेमी तेस्रो भएको छ । आज शनिबार भएको क्वाटर फाइनल खेलमा पशुपति विद्याआश्रम नारायणपुर लाई २५–१२ , २१–२५ र १५ –८ को सोझो सेटमा हराउदै सेमि फाइनल प्रवेश गरेको थियो ।
तेस्रो स्थानको लागि भएको स्टार बोर्डिङ स्कुल घोराही लाई २५–२१ , २५–१९ को सोझो सेटमा हराएको थियो । गुरुकुल एकेडेमी घोराहीको समुहमा कप्तान जितबहादुर भण्डारी, मेघनाथ बस्नेत, भुगोल कवँरमगर, इन्द्र पोख्रेल, रुपेश खत्री, विशालमान श्रेष्ठ, यामराज चौधरी, भुवन आचार्य र राजन अधिकारी अगायतका खेलाडी रहेका थिए ।
तेस्रो स्थान हासिल गरेको समुहलाई भोली विद्यालयले एक कार्यक्रमका विच सम्मान गर्ने भएको छ । प्याब्सन घोराहीमा आबद्ध १५ ओटा विद्यालयका १६ ओटा समुहहरुको सहभागीता रहेको खेलमा गुरुकुल एकेडेमी तृतीय र स्टार बार्डिङ स्कुल सान्त्वना भएका छन् भने पहिलो गोरखा र दोस्रो मेचिकाली भएका हुन् ।
गत १० गतेदेखि सञ्चालित प्याब्सन घोराही शिक्षक भलिबल प्रतियोगिता २०८१ शनिबार सम्पन्न भएको थियो । मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलको खेलमैदानमा सञ्चालित उक्त खेलका प्रथम विजेता समुहलाई १० हजार राशी सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी, दोस्रो विजेतालाई आठ हजार, ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो । त्यसैगरी, तेस्रो र चौथो समुहलाई क्रमशस् ६ हजार र ४ हजार, ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो । खेल अवधिभर कृष्ण डाँगी, हेमराज घर्ती, राजेन्द्र चन्द ठकुरी र कपिल बुढाथोकीले रेफ्रिको भूमिका निर्वाह गरेका थिए ।