बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प : रास्कोटमा घर चर्किए
सुर्खेत ६ पुस । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पका कारण रास्कोटमा घरहरु चर्किएका छन् ।
कालिकोट जिल्लाको रास्कोट नगरपालिका अन्तर्गत वडा नं ३ र ४ का केहि बस्तीमा रहेका घरहरु चर्किएका हुन् । शनिबार बिहान ४ बजेर १४ मिनेटमा आएको भूकम्पका कारण वडा नं. ३ र ४ का केही टोलहरुमा क्षती पुर्याएको छ । त्यस्तै वडा नं. ३ का अलि कुमाल ४ का खेमराज संन्ज्याल मन बहादुर शाही, नमराज शाही, बर्ज सुनारको घरहरु चिराचिरा भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर शाहीले भौतिक क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको बताए । ‘हामीले सबैतिर आफै फोन गरेर बुझ्ने काम गरिरहेका छौँ,’ उनले भने । राताे पाटी अनलाइनबाट साभार
प्रतिक्रिया दिनुहोस्