धराैटी बुझाएर छुटे लगत्तै दुर्गा प्रसाईं तत्कालै अर्काे मुद्दामा पक्राउ
काठमाण्डाै २७ मंसिर । साइबर अपराध कसूरकाे मुद्दामा धराैटी बुझाएर छुटेलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अर्काे मुद्दामा फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले जिल्ला अदालत काठमाण्डाै परिसरबाटै पक्राउ गरेकाे हाे ।
यसअघि आजै जिल्ला अदालत काठमाण्डाैले साइबर अपराध कसूरकाे मुद्दामा पक्राउ परेका प्रसाईंलाई ४० हजार रुपैयाँ धराैटीमा छाड्न आदेश दिएको छ । दुर्गा प्रसाईंविरुद्ध सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान भइरहेकोले उनी फेरि पक्राउ परेका हुन् । प्रसाईं माथि भारतमा मानिस राखेर नेपाली व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्