रोल्पाको एक सामुदायिक विद्यालयमा आशाका किरण संस्थाद्धारा सेनेटरी प्याड वितरण
भालुवाङ २३ मंसिर । विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउनका लागि आशाका किरण संस्थाले आइतवार रोल्पाको एक सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ ।
संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार सुर्यकिरण केसी, वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, उपाध्यक्ष श्री जिसी र सदस्य पवित्रा विश्वकर्मा सहितको टोली रोल्पा पुगेर सेनेटरी प्याड वितरण गरेको हो । डिसेम्बर ८ तारिख अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसकाे अबसरमा संस्थाले जनता माध्यमिक विद्यालय सुनछाहारी–३ बाहिरी गाम राेल्पामा कक्षा ७ मा अध्ययनरत ८० जना छात्रा र ६ जना शिक्षिका गरि कुल ८६ जनालाई १० हजार मुल्य बराबरकाे २ सय ५० पिस सेनेटरी प्याड वितरण गरिएको हो । विद्यार्थीलाई सुरक्षित गर्न र पढाइमा बाधा नहोस् भन्नाका लागि प्याड वितरण गरिएको बताइएको छ ।
महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १ दशमलव ८ मिलियन व्यक्तिका लागि मासिक रूपमा घट्ने सामान्य प्रक्रियागत घट्ना भएता पनि विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट बञ्चित छन् ।महिनावारी हुँदा छात्रा विद्यालयमा आउन नमान्ने र त्यसकै कारण पढाइमा समस्या भइरहेको महसुस गरेर संस्थाले सेनेटरी प्याड वितरण गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्यले जानकारी दिएका छन् ।
प्याड वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बागवीर घर्तीमगर, शिक्षक टेकराज पुन, अमृत तिवारी लगायतको उपस्थिती रहेको थियो । महिनावारीका विषयमा संस्थाकी सदस्य पवित्रा विश्वकर्माले जानकारी गराएकी थिइन् ।