हरियाली सहकारीद्वारा अर्नाहनपुरकाे रामजानकी मन्दिरमा रामसिताकाे मुर्ति हस्तान्तरण
देउखुरी २१ मंसिर । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-७, अर्नाहनपुरमा रहेकाे रामजानकी मन्दिरमा भगवान राम सिताकाे मुर्ति स्थापना गरिएकाे छ । राप्ती गाउँपालिका-५, सिसहनियाँमा प्रधान कार्यालय रहेकाे हरियाली बचत तथा ऋण सहकारी संस्थाले उक्त मन्दिरका लागि भगवान राम सिताकाे दुई वटा मुर्ति प्रदान गरेपछि मुर्ति स्थापना गरिएकाे हाे ।
संस्थाकाे समाजिक कृयाकलाप अन्तर्गत संस्थाकाे सामुदायिक विकास काेषबाट भगवान राम, सिताकाे मुर्ति निर्माण गरी हस्तान्तर गर्नुका साथै भण्डारा कार्यक्रमलाई सहयाेग गरिएकाे संस्थाका अध्यक्ष रेशमबहादुर थापाले जानकारी दिए । हामीले सहकारी संस्थाकाे साताैँ सिद्धान अन्तर्गत समुदाय प्रति चासाे भन्ने मुल मर्मलाई आत्मासात गर्दै मन्दिर व्यवस्थापन समितीलाई मुर्ति हस्तान्तरण गरिएकाे अध्यक्ष थापाले बताए ।
सहकारी संस्थाहरूले धार्मिक क्षेत्रमा कहिकतै मात्रै खर्च गर्ने गरेकाे भएतापनि धर्मसंस्कृतिलाई संरक्षण गर्ने दायित्व सहकारी संस्थाकाे पनि दायित्व भएकाेले आफूहरूले बिगत देखि नै सहकारीकाे छुट्टै काेष खडा गरेर विभिन्न विद्यालयहरूमा सरस्वती मन्दिर समेत बनाउँदै आएकाेले अहिले मन्दिरलाई मुर्ति प्रदान गरिएकाे संस्थाका पूर्व अध्यक्ष तथा बरिष्ठ सल्लाहकार शिबध्वज मल्लले जानकारी दिए ।
उनले सबै सहकारी संस्थाहरू सहकारी ऐन २०७४ अनुसार दर्ता हुने गरेकाे र सहकारी ऐनकाे साताै सिद्धान्तमा सहकारी संस्थाकाे समुदाय प्रति चासाे भन्ने उल्लेख भए अनुसार यस्ता सामुदाय कार्य गर्नुपर्ने हुन्छ जसले गर्दा स्थानीय नागरिकमा समेत सहकारीप्रतिकाे विश्वास थप बढ्दै जाने मल्लले बताए ।
यता मुर्ति ग्रहण गर्दै रामजानकी मन्दिर व्यवस्थापन समिती संयाेजक भिमलाल चाैधरीले सहकारी संस्थालाई धन्यबाद ज्ञापन गरेका छन् । उनले सहकारी संस्थाहरूले नाफाघाटाकाे मात्र काम नगरेर सामाजिक काम गर्न पनि आवश्यक रहेकाे बताए । उनले सहकारी संस्थाकाे समुदायप्रतिकाे लगानीले सहकारीप्रति आकर्षण बढाउने बताए । संयाेजक चाैधरीले सहकारी संस्थाले धार्मिक काममा समेत रकम खर्च गरेर पबित्र कामकाे शुरूवात गरेकाे समेत बताए ।
राप्ती गाउँपालिकाकाे सहयाेग र स्थानीयबासीबाट संकलित रकमबाट हालै निर्माण सम्पन्न भएकाे नयाँ मन्दिरमा उक्त भगवान रामसिताकाे मुर्ति स्थापना गरिएकाे छ । हिन्दु परम्परा अनुसार पुजापाठ गरी मुर्ति स्थापना गरिएकाे छ । सत्ययुगमा भगवान रामले त्यही बाटाे भएर हिड्नेक्रममा त्यहाँ भएर बग्ने नदीमा नुहाएकाे भन्ने धार्मिक विश्वास अनुसार त्यस ठाउँलाई थारू भाषामा रामघाट भन्ने गरिन्छ । साथै उक्त रामघाटमा प्रत्येक बर्ष तिहारपछिकाे पहिलाे पूर्णिमामा रामघाट मेला समेत लाग्दै आएकाे छ । मेला भर्न दाङ-देउखुरी सहित छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची, कपिलबस्तु र बाँकेबाट समेत हजाराैँका संख्यामा भक्तजन तथा दर्शानार्थीहरू आउने गर्दछन् ।
मुर्ति स्थापना कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष रेशमबहादुर थापा, संस्थाका पूर्व अध्यक्ष तथा बरिष्ठ सल्लाहकार शिबध्वज मल्ल, सचिव राधा पाण्डे, काेषाध्यक्ष शाेभाकर आचार्य, सदस्य सरिता शर्मा, बेदप्रसाद चाैधरी, व्यवस्थापक उमेश चाैधरी, सहकारी संस्था कै शिक्षा समिती सदस्य घडीराम चाैधरी र अर्नाहनपुर गाउँ अगुवा सनातनदेब चाैधरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्