लुम्बिनीका दुई जिल्ला बाँके र बर्दियाका चार स्थानीय तहमा ‘सम्वर्धन’ परियोजना लागु



लुम्बिनीका दुई जिल्ला बाँके र बर्दियाका चार स्थानीय तहमा ‘सम्वर्धन’ परियोजना लागु

भालुवाङ १९ मंसिर ।  लुम्बिनी प्रदेशका दुई जिल्ला बाँके र बर्दियाका चार स्थानीय तहमा प्राकृतिक विविधता मार्फत आर्थिक बृद्धि गर्ने उदेश्य सहित नयाँ परियोजना लागु भएको छ । वन उपभोक्ता समूह, कृषक, नागरिक समाज र नीज तथा सार्वजनिक सरोकारवालाहरु मार्फत जैविक विविधताको संरक्षण, दिगो उपयोग र पारिस्थितीकिय प्रणालीको पुर्नस्थापनामा उन्नत अभ्यास प्रयोगमा ल्याउनेगरी सम्वर्धन परियोजना लागु गरिएको हो ।

जीविकोपार्जन र जैविक विविधताको संरक्षणलाई प्रमुख क्षेत्र मानिएको छ । आगामी चार बर्ष सम्मका लागि यो परियोजना लागु हुनेछ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले विपन्न समुदायको जीविकोपार्जनलाई प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए । उनले कृषि र वन क्षेत्रबाट लुम्बिनीका नागरिकको जीवनस्तर उठाउन सकिने भएकाले सोही अनुसार सरकारले पनि प्राथमिकता दिएको बताए ।

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भूवन चौधरीले कृषि, उद्योग, पर्यटन र पूर्वाधारलाई समृद्ध लुम्बिनी प्रदेशको आधार मानिएको बताउँदै सोही अनुसार परियोजनाहरुले पनि आफ्ना कार्यक्रमलाई केन्द्रित गर्नुपर्ने बताए । प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले समस्याकेन्द्रित स्थानमा परियोजनाको कार्यक्रम केन्द्रित गर्न सुझाव दिए ।

कार्यक्रम परियाेजनाका साझेदार सामुदायिक वन उपभाेक्ता महासंघ नेपालका केन्दिय उपाध्यक्ष माेहम्मदकर खाँ र वन उपभाेक्ता महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारी लगायत कृषि मन्त्रालय वन मन्त्रालय डिभिजन वन कार्यालय बाँके र बर्दियाका डेफाेहरुकाे समेत उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे