नेकपा बहुमत दाङद्धारा मिटरब्याजीको नाममा १५ दिने सुचना (विज्ञप्ती सहित)



नेकपा बहुमत दाङद्धारा मिटरब्याजीको नाममा १५ दिने सुचना (विज्ञप्ती सहित)

देउखुरी १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले मिटरब्याजीको नाममा १५ दिने सुचना जारी गरेको छ । पटक-पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेका मिटरब्याजीलाई नेकपा बहुमतले १५ दिने सूचना जारी गरेको हो ।

पार्टीका दाङ जिल्ला सेक्रेटरी अमरले आइतबार विज्ञप्ति मार्फत तीनबुँदे सुझाव दिएको छ । बैंकिङ कसुर, चेक अनादर, घरजग्गा तथा सम्पत्ति रोक्का, बिगो बराबरको रकम जम्मा गरी जेल हाल्ने लगायतका मुद्दा फिर्ता लिन अनुरोध गरेको छ ।

यसैगरी कालोसूची (ब्ल्याक लिष्ट) हटाउन, दृष्टिबन्धक तथा छिनुवा पास लिएका घरजग्गा फिर्ता गर्न, मिटरब्याजी र बैंक तथा वित्तीय संस्थाको सेटिङमा लिलाम गर्ने र लिलाम सकारेका घरजग्गा सम्बन्धित व्यक्तिलाई लिलाम हँुदासम्मको न्यूनतम व्याज लिई फिर्ता गर्न विनम्रतापूर्वक निर्देशनात्मक अनुरोध गर्दछौं भनेको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘कत्ति पनि मोलाहिजा नगरी इमान्दारीतापूर्वक कार्यान्वयन होस् । हामी चाहन्छांै कि कुनै अप्रिय निणर्य लिनु नपरोस् ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।

यो पढ्नुस् विज्ञप्ती…

सर्वहारा वर्गको अग्रदस्ता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत ले “बित्तीय आतंकका बिरुद्ध लाल आतंक अभियान“ संचालन गरिरहेको कुरा सर्वविदितै छ । अभियानका क्रममा केही बैंक, लघुवित्त वित्तीय संस्था, सहकारी, मिटरव्याजी र सुदखोरहरुका विरुद्ध गरेको जनकारबाहीले आम दङ्गाली जनतामा नयाँ रक्तसञ्चार भएको छ । जनताको अनुमोदन जनताको सहभागितामा भएका जनकारबाहीले जनताको मनोबल उच्च भएको छ भने मिटरब्याजी तथा सुदखोरको मन मुटुमा ढ्याङ्गो बजेको छ । जनताको न्याय पुणर् आन्दोलनलाई निमोठ्न दलाल सत्ताका कारिन्दाहरुले कन्दनि कसेर जतिसुकै न्वारनदेखि कै बल लगाए पनि हामी लुटको स्वर्ग ध्वस्त पारेरै छोड्ने दृढ संकल्पित छौ ।
यसै सन्दर्भमा विभिन्न माध्यमबाट हाम्रो पार्टीमा आएका मिटरव्याज सम्बन्धि अधिकांश मुद्दाहरुलाई पार्टीले फच्यौट गरिसकेको छ भने पार्टीले पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेका र नखोजेकाहरुको नाममा आजका मिति देखि १५ दिन भित्र तपशिलका निम्नलिखित कार्य गर्न विनम्रतापूर्वक निर्देशनात्मक अनुरोध गर्दछौ ।

१. बैकिङ कसुर, चेक अनादर, घरजग्गा तथा सम्पत्ति रोक्का, बिगो बराबरको रकम जम्मा गरि जेल हाल्ने लगायतका मुद्दा फिर्ता लिन ।
२. कालोसुचि (दबिअप ष्कित) हटाउन, दृस्टीबन्धक तथा छिनुवा पास लिएका घरजग्गा फिर्ता गर्न । (अनुत्पादक ऋणको हकमा सावाँ मात्र लिएर उत्पादक ऋणको हकमा सरकारी बैंकको सहुलियत ब्याजदर लिने ।)
३. मिटरब्याजि र बैंक तथा वित्तीय संस्थाको सेटिङमा लिलाम गर्ने र लिलाम सकारेका घरजग्गा सम्बन्धित व्यक्तिलाई लिलाम हुदा सम्मको न्युनतम व्याज लिइ फिर्ता गर्न ।

माथि उल्लेखित ३ बुँदे निर्देशन कत्ति पनि मोल्लाहिजा नगरि इमान्दारितापुर्वक कार्यान्वयन होस। हामी चाहन्छौं कि कुनै अप्रिय निणर्य लिनु नपरोस् । बेलैमा चेतना भया। हाम्रो अनुरोधलाई कमजोर ठानी अटेर गरेमा हामी निर्मम र निणर्ायक जनकारबाही गर्न बाध्य हुनेछौ। हामी कुनै आवेगमा पनि छैनौ, उत्तेजनामा पनि छैनौ। एक जिम्मेवार पार्टी हुनुको नाताले गम्भीरता साथ भन्न चाहान्छौ आम शोषित, पीडित, गरिव, सर्वहारा र श्रमजीवी जनताको रगत र पसिना चुस्ने जो कोही हाम्रो कारबाहीको निशाना हुनेछन ।
नोटः कृपया नक्कली मिटरव्याजि पिडित बनि पार्टीलाई गुमराहमा राख्ने कोसिस नगर्नु होला। पार्टीले मिटरव्याजि को हो, को होइन भनेर मिहिन ढंगले अध्ययन अनुसन्धान गरिसकेको छ । व्यक्तिगत आग्रह पुर्वाग्रह र प्रतिसोध साँध्न बदनियत राखेर पार्टिमा निवेदन गर्नेहरुलाई पनि पार्टीले दण्डित गर्ने व्यहोरा जानकारी गराइन्छ । वास्तविक कारोबारको हकमा माथि उल्लेखित बुँदाहरू आकर्षित हुने छैनन् ।

क्रान्तिकारी अभिवादन सहित ॥

६ मंसिर २०८१

क. अमर
सेक्रेटरी

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे