भजन समूह लालमटियाद्धारा निलसागरलाई भजनकृतन सहित जिन्सी र खाद्यान्न सहयोग
देउखुरी ११ मंसिर । दाङ—देउखुरीको राप्ती गाउँपालिका—२, लालमटिया स्थित जय दुर्गे भजन संरक्षण समूहले निलसागर सेवा आश्रम पिपरीमा भजनकृतन गर्दै जिन्सी, खाद्यान्न प्रदान गर्नुका साथै आश्रममा रहेका सडक मानबहरुलाई नास्ता समेत खुवाएको छ । वि.सं.२०८१ जेष्ठ २ गते विधिवत रुपमा स्थापना भएको जय दुर्गे भजन संरक्षण समूहले ६ महिना मै पहिलो पटक सामाजिक कार्य अन्तर्गत निलसागरमा आश्रित सडक मानबहरुलाई जिन्सी र खाद्यान्न प्रदान गरेको छ ।
पछिल्लो समय धर्म संस्कृति लोप हुँदै जान थालेको भन्दै संरक्षण गर्नु पर्छ भन्ने मुल उदेश्यका साथ बृद्धा र युवा पुस्तालाई मिलाएर जय दुर्गे भजन संरक्षण समूह गठन गरिएको समूहका सचिव शिबा खनालले जानकारी दिइन् । साथै अहिलेका नयाँ पुस्तामा धर्मकर्म गर्ने प्रचलन हराउँदै जान थालेको र पश्चिमी संस्कृति हाबी हुन थालेको भन्दै सनातन हिन्दु धर्मको संरक्षण गर्ने प्रमुख उदेश्यका साथ १७ सदस्यीय भजन समूह गठन गरिएको सचिव खनालले बताइन् ।
समूहका अध्यक्ष डण्डपानी भण्डारीको नेतृत्वमा आएको भजन समूहले राप्ती गाउँपालिका—८, पिपरीमा रहेको निलसागर सेवा आश्रममा भजन कृतन गर्दै जिन्सी, खाद्यन्न प्रदान गर्नुका साथै आश्रममा रहेका सडक मानबहरुलाई खिर, पुरी र अचार सहितको नास्ता समेत खुवाएको थियो । सो अवसरमा उक्त भजन समूहका १५ जना सदस्यहरुले ब्यक्तिगत रुपमा नगद सहयोग समेत गरेका छन् । १५ जनाबाट कुल ५ हजार ३ सय २० रुपैयाँ नगद सहयोग प्राप्त भएको आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिए ।
यसरी नगद सहयोग प्रदान गर्नेहरुमा समूहका लालमणि भुसाल १ हजार, तारा पोख्रेल १ हजार ५०, राधा बन्जाडे ५ सय १०, शिवा खनाल ५ सय, भगवता न्यौपाने ५ सय, खिमादेवि कुमाल ५ सय, पिमा कँवर २ सय ५, रामप्रसाद अधिकारी २ सय, निता भट्टराई २ सय, सर्मिला थापा २ सय, यमादेवि अधिकारी १ सय ५, हरिदेवि खत्री १ सय, माया थापा क्षेत्री १ सय , सुस्मिता थापा १ सय र युवराज रेग्मी ५० रुपैयाँ प्रदान गर्नु भएको आश्रमका कार्यबाहक अध्यक्ष चौधरीले जानकारी दिए ।
यसैबीच आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले सहयोग प्रदान गर्ने भजन समूहलाई धन्यबाद ज्ञापन गरेका छन् । उनले संसारमा सबै भन्दा ठुलो धर्म भनेको दिनदुखीलाई सहयोग गर्नु नै सबै भन्दा ठुलो धर्म रहेको बताए । उनले भजन समूहले आश्रममा गरेको दान सबै भन्दा ठुलो धार्मिक कार्य भएको भन्दै प्रशंसा सहित धन्यबाद ज्ञापन गरेका थिए । आश्रममा हाल करिब ३० जना सडक आश्रित मानबहरु बस्दै आएका छन् ।