लुम्बिनीका अस्पताल र स्वास्थ्य संस्थामा सेवाग्राहीले सजिलोसँग बुझ्नेगरी सूचना राख्न निर्देशन
देउखुरी ११ मंसिर । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सेवाग्राहीले सहज रुपमा देख्ने, पढ्न मिल्नेगरी सेवा शुल्क सहितकाे विवरण राख्न सबै अस्पताल तथा स्वास्थ्य संस्थालाइ निर्देशन दिएकाे छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनतालाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी सेवा शुल्क सहितकाे विवरण सबैले सजिलोसँग देख्ने, पढ्न मिल्नेगरी राख्न निर्देशन जारी गर्नु भएको हाे ।
`स्वास्थ्य सेवा लिन जाने तर, कुन सेवा नि:शुल्क हाे । कुन सेवामा शुल्क लाग्छ थाहा नहुदा समस्या परेकाे देखिन्छ´स्वास्थ्य मन्त्री सारुले भने-`सेवा प्रवाहलाई सहज र सेवाग्राही मैत्री बनाउन सूचना प्रवाहलाई चुस्त बनाउनेगरी निर्देशन जारी गरेका हाैं ।´ मन्त्रालयले मंगलवार पत्र काट्दै सरकारी तथा निजि, सामुदायिक रुपमा सञ्चालन भएका अस्पतालहरुमा निर्देशन जारी गरेकाे वरिष्ठ स्वास्थ्य शिक्षा प्रसासक महाशाखा प्रमुख नोद नारायण चौधरीले जानकारी दिए ।
स्वास्थ्य संस्थाहरुले सेवाग्राहीले सहज रुपमा बुझ्न नसक्ने गरी सुचना प्रवाह गर्ने गरेका छन । अब देखि सहज रुपमा सेवाकाे बारेमा जानकारी दिनेगरी व्यवस्था मिलाउन निर्देशन दिइएको हाे । प्रदेशका सबैै स्वास्थ्य संस्थाहरुले दिने सुविधाहरुको सुचि स्पष्ट रुपमा देखिने र जनताले बुझने गरि राख्न भनिएको छ ।