प्रतिनिधिसभा विघटन विरुद्धमा परेको रिटमाथि आज संवैधानिक इजालसमा सुनुवाइ



प्रतिनिधिसभा विघटन विरुद्धमा परेको रिटमाथि आज संवैधानिक इजालसमा सुनुवाइ

काठमाडौ  १० पुष । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले आज सुनुवाइ गर्ने तालिका रहेको छ ।

संवैधानिक इजलासमा एउटा निवेदन दर्ता भएको छ भने १२ थान बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले पठाएको थियो । यी सबै निवेदनलाई एकै पटक पेशीमा राखेर सुनुवाइ हुने छ। संविधानको धारा ७६ को व्याख्याको विषय भएको भन्दै विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमा पठाइएको थियो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ९ जना न्यायाधीशहरु छन्। जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे