दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने



दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने

भालुवाङ ९ मंसिर । दाङको राप्ती गाउँपालिकामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने भएको छ । राप्ती गाउँपालिका र इलाका प्रहरी कार्यालय भालुवाङको संयुक्त आयोजनामा विभिन्न कार्यक्रमहरू गरी अभियान सञ्चालन गर्ने भएको छ । आइतवार राप्ती गाउँपालिकामा सरोकारवाला निकाय सँगको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

हामी सवैको प्रतिवद्धता : लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता भन्ने मुल नाराका साथ लैगिंक हिंसा विरुद्धको जागरण फैलाउने गरि कार्यक्रमको तयारी भइरहेको बताइएको छ । सोमबार बिहान प्रभात फेरीमा सहभागी हुने र त्यसपछि अभियानको उद्घाटन समारोहको आयोजना गरिएको राप्ती गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिएका छन् । अझै पनि समाजमा लैगिंक हिंसा हुने क्रम नरोकिएको भन्दै आफूहरूले गाउँ गाउँसम्म आयोजना गर्ने सचेतनामूलक कार्यक्रमले ठुलो जागरण ल्याउने सुचना अधिकारी विकको भनाई छ ।
१६ दिन सम्म चल्ने अभियानमा विभिन्न अन्तरक्रिया, अभिमुखीकरण, तालिम, गोष्ठी, छलफल, संवाद लगायतका माध्यमबाट समाजमा जनचेतना फैलाउने लक्ष्य रहेको बताइएको छ । अभियानको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्ने आयोजकले जानकारी दिएका छन् । विहान १० बजे बाट सुरु हुने कार्यक्रममा राप्ती गाउँपालिका, सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सहकारीकर्मी, सञ्चारकर्मी सवैलाई निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे