डिया डेवारी साँस्कृतिक कार्यक्रम सम्पन्न : कला संस्कृति संरक्षणमा ध्यान दिन सुझाव



डिया डेवारी साँस्कृतिक कार्यक्रम सम्पन्न : कला संस्कृति संरक्षणमा ध्यान दिन सुझाव

भालुवाङ १५ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा बिहिवार डिया डेवारी साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।शुभदिपावलीका अवसरमा राष्ट्रिय थारु कलाकार मञ्चको आयोजना एवम् देउखुरी टुडे डटकमको मिडिया पार्टनरमा सो कार्यक्रम सम्पन्न भएको हो । मञ्चका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य तथा पुर्व मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले संस्कार युक्त शिक्षा आजको मुख्य आवश्यकता रहेको बताएका छन् । जव सम्म नैतिक, व्यवहारिक तथा संस्कारयुक्त शिक्षा दिन सकिदैन तव सम्म नयाँ पिढीमा सकरात्मक सोचाईको विकास हुन नसक्ने बताएका छन् ।त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले थारु समुदाय आफैमा संस्कृतिको धनि समुदाय भएको बताएका छन् । थारु समुदाय भित्रको संस्कृति, संस्कारलाई सहि तरिकाले प्रयोग गर्न सके प्रसस्त मात्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आम्दानी दिन सक्ने बताएका छन् । अध्यक्ष विष्टले त्यसका लागि थारु समुदायका नयाँ पिढीलाई कला, संस्कृति तथा भेषभुसाको संरक्षणमा ध्यान दिन आग्रह गरेका छन् । अध्यक्ष विष्टले यस आर्थिक वर्षमा राप्ती गाउापालिकाको वडा नम्बर ६ बगरापुरमा थारुग्राम स्थापना गरिने समेत सो अवसरमा बताएका छन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष उमेश कुमार अधिकारी, राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रोशन रत्गैया, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थारु समुदायका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए भने थारु झुमरा नाच, बड्का नाच, लाठी नाच प्रदर्शन गरिएको थियो । त्यस्तै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्व, संस्था तथा कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । साँस्कृतिक संयोजक दोषहरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव श्रीनारायण चौधरी र सुरक्षा चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे