राप्ती- ९ तल्लो घोसखोलामा गठित कृषक समूहलाई जलवायु मैत्री कृषि प्रविधि तालिम
भालुवाङ १५ कार्तिक । राप्ती गाउँपालिका विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङ सँगको समन्वयमा नामसालिङ सामुदायीक विकास केन्द्रद्वारा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत समुदायका किसानहरुलाई जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान गरिएको छ।
परियोजनाको जलवायु परिवर्तन अनुकलन कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिका – ९ तल्लो घोसखोलामा गठित शान्ति कृषक समूह का २५ किसानहरुलाई जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान गरिएको हो। तालिम को सहजीकरण संस्थाका कृषि अधिकृत तथा सामाजिक परिचालक ले गरेका थिए। तालिममा किसानहरुलाई जलवायु परिवर्तन संग अनुकूलित हुँदै खेतीपाती गर्ने तरिकाका बारेमा जानकारी गराइएको थियो।
तालिम पश्चात सहभागी किसानहरुलाई आवश्यक पर्ने सिंचाई हजारी तथा विषादी पम्प वितरण गरिएको थियो । वि. सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा वि. सं. २०७४ देखि “एकीकृत सामुदायीक विकास परियोजना मार्फत सामुदायीक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गर्दै समुदाय विकासलाई अगाडि बढाउँदै आइरहेको संस्थाका दाङका कार्यक्रम संयोजक शशांक आचार्य ले बताए।