बर्दियामा सिकलसेल बिरामी लक्षित रक्त सञ्चार सेवा केन्द्र शुरु, स्वास्थ्यमन्त्री सारुद्धारा उद्घाटन



बर्दियामा सिकलसेल बिरामी लक्षित रक्त सञ्चार सेवा केन्द्र शुरु, स्वास्थ्यमन्त्री सारुद्धारा उद्घाटन

बर्दिया १३ कार्तिक । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले रक्तसंचार सेवा संचालनमा ल्याएको छ । बारबर्दिया नगर अस्पतालले सिकलसेल बिरामीको उपचारलाई लक्षित गरेर रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । मंगलबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले रक्त सञ्चार केन्द्रको उद्घाटन गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा बारबर्दिया नगर अस्पतालले मंगलवार देखि विधिवत रुपमा रक्तसंचार सेवा संचालनमा ल्याएको हो ।बारबर्दिया नगरपालिकाले आज भन्दा ४ बर्ष अगाडी सिकलसेल र थालेसेमिया रोगका बिरामीहरुको उपचारका लागि करोडौं लागतमा तीन तले सिकलसेल अस्पतालको भवन निर्माण गरेको थियो ।

सिकलसेल अस्पतालका लागि भवन निर्माण भएको ४ बर्ष बितिसक्दा समेत उक्त भवनबाट सिकलसेलका विरामीहरुलाई सेवा प्रवाह गर्न सकिएको छैन् । प्रदेश सरकारले अस्पताल सञ्चालनको लागि गृहकार्य गर्ने तयारी गरेको हो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै स्वास्थ्यमन्त्री सारुले प्रस्तावित बर्दिया सिकलसेल अस्पतालमा मानब संसाधन, औषधि उपकरण तथा आर्थिक स्रोतको सुनिश्चित गर्दै सिकलसेल डेडिकेटेड अस्पतालको रुपमा बिस्तार संचालनका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । यसैबीच स्वास्थ्य मन्त्री सारुले बारबर्दिया नगर अस्पताल र प्रस्तावित सिकलसेल अस्पतालकाे समेत निरिक्षण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे