देउखुरीको लठ्ठहवामा पराल बोकेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु



देउखुरीको लठ्ठहवामा पराल बोकेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

सिसहनियाँ १० कार्तिक । दाङको देउखुरीमा पराल बोकेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ ।

शनिबार राप्ती करिव ९ बजेको समयमा राप्ती गाउँपालिका-५ लठ्ठहवा निवासी अन्दाजी ४० वर्षिय गरिवु चाैधरीको ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

खेतबाट पराल लोड गरि घर पुर्‍याएर डोरी खोलेर पराल झार्ने क्रममा चाैधरी ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते चा‌ैधरीको सिसहनियाँ स्वास्थ्य चाैकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । मृतक चाैधरीलाई पोष्ट मार्टमका लागि लमही अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे