देउखुरीमा राेकिरहेकाे बसलाई ठक्कर दिंदा ६ घण्टा पूर्व-पश्चिम राजमार्ग अबरूद्धपछि सुचारु



देउखुरीमा राेकिरहेकाे बसलाई ठक्कर दिंदा ६ घण्टा पूर्व-पश्चिम राजमार्ग अबरूद्धपछि सुचारु

भालुवाङ ७ कार्तिक । दाङकाे देउखुरीमा गए राती राेकिरहेकाे बसलाई आर्काे बसले ठक्कर दिंदा ६ घण्टा पूर्व-पश्चिम राजमार्ग अबरूद्ध भएकाे छ । दाङकाे तुलसीपुरबाट काठमाडौं जाँदै गरेकाे ना ३ ख ७३९८ नम्बरकाे बस गढवा गाउँपालिका-१, धाेद्र (कालाकाटे)मा बिग्रिएर राेकिराखेकाे अवस्थामा काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेकाे सुदुर पश्चिम प्रदेश ०२-००१ ख १३६५ नम्बरकाे बसले गए राती करिब २ बजेकाे समयमा ठक्कर दिंदा राजमार्ग अबरूद्ध भएकाे थियाे ।

बसकाे ठक्करबाट समान्य घाइते भएका यात्रुहरूलाई भालुवाङमा समान्य उपचारपछि आर्काे गाडीकाे व्यवस्था गरेर घर पठाएकाे अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख सालिकराम बुढाथाेकीले जानकारी दिनुभयाे । बसकाे ठक्करबाट अबरूद्ध रहेकाे पूर्व-पश्चिम राजमार्ग करिब ६ घण्टापछि सुचारू भएकाे छ । अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङ र अस्थाई प्रहरी चाैकी कालाकाटेकाे सक्रियतामा डाेजरकाे सहायतामा अबरुद्ध राजमार्ग सुचारू गरिएकाे प्रहरीले जनाएकाे छ । ठक्कर दिने बस चालकलाई भने प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे