राप्ती उवा संघ भालुवाङमा निर्विरोध नयाँ कार्यसमिति चयन, अध्यक्षता पुन: खड्का र महासचिवमा न्याैपाने चयन



राप्ती उवा संघ भालुवाङमा निर्विरोध नयाँ कार्यसमिति चयन, अध्यक्षता पुन: खड्का र महासचिवमा न्याैपाने चयन

भालुवाङ ३ कार्तिक । दाङ-देउखुरीकाे भालुवाङ स्थित राप्ती उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएकाे छ ।

व्यवसायीहरुको बीचमा सहमति गर्दै उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएकाे हो । संघकाे अध्यक्षमा पुन: सुरज खड्का निर्विराेध निर्वाचित भएका छन् । त्यस्तै नबनिर्वाचित कार्यसमितीकाे  बरिष्ठ उपाध्यक्षमा बसन्त गिरी, उपाध्यक्षमा चन्द्रप्रकाश आचार्य, महासचिवमा बासुदेव न्यौपाने, सचिवमा मोहन आचार्य र कोषाध्यक्षमा बिष्णुप्रसाद बोहोरा निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितीका संयोजक महेशचन्द्र रिजालले जानकारी दिए । यस्तै सदस्यहरूमा शिवा थापा, राजकुमार आचार्य, हरिबहादुर खड्का, राजु थापा, भूमि गुरुङ रहेका छन् ।

सहमती र सहकार्यको संस्कार अनुसार व्यवसायिक हकहितका लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता नयाँ कार्यसमितिले प्रस्तुत गरेको छ । यस्तै नवनिर्वाचित कार्यसमितीलाई कार्तिक ४ गते  आइतबार दिउँसो ३ बजे सपथ ग्रहण गराइने निर्वाचन संयोजक रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे