दाङको बंगलाचुलीमा टिप्पर दुर्घटना : चालकको मृत्यु



दाङको बंगलाचुलीमा टिप्पर दुर्घटना : चालकको मृत्यु

दाङ २ कार्तिक । दाङको बंगलाचुली गाउँपालिकामा गएराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।

चुनढुँगा लिन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे