कपिलवस्तुमा भरुवा बन्दुक सहित एक जना पक्राउ



कपिलवस्तुमा भरुवा बन्दुक सहित एक जना पक्राउ

कपिलवस्तु  १ कार्तिक। कपिलवस्तुमा भरुवा बन्दुक सहित एक जना व्यत्ति पक्राउ परेका छन् । शिवराज नगरपालिका ९ बिजगौरीका वीरेन्द्र घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

भरुवा बन्दुक देखाई स्थानीयलाई धम्काउने गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले शिवगडी मन्दिर जाने बाटोको जङ्गलमा बर्राको रुखको टोड्कामा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक सहित मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा डिएसपी मोहन मणि अधिकारीले जानकारी दिए । पक्राउ परेका घर्ती मगरमाथि कपिलबस्तु जिल्ला अदालतबाट  ५  दिनको म्याद थप गरि  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे