भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन



भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेर निधन भएको छ । उहाँको गएराति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति निकालेर रतन टाटाको निधन भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ठ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिका रुपमा सम्झिएका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताउका छन् । उनले व्यापार र परोपकारको क्षेत्रमा पहिचान बताउका छन् । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ । रतन टाटाको सन् १९३७ डिसेम्बर २८ तारिखमा जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे