राप्ती उद्योग वाणिज्य संघको निर्वाचन कार्तिक १० गते हुँदै: निर्वाचन कार्यतालिका सार्वजनिक



राप्ती उद्योग वाणिज्य संघको निर्वाचन कार्तिक १० गते हुँदै: निर्वाचन कार्यतालिका सार्वजनिक

भालुवाङ २२ असोज । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको नयाँ कार्यसमिति चयनका लागि सहमती नजुटेपछि आगामी कार्तिक १० गते निर्वाचन हुने भएको छ ।

गत हप्ता भएको सातौ अधिवेशनमा सर्वसम्मत कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको निर्वाचन समितिका संयोजक महेशचन्द्र रिजालले जानकारी दिएका छन् । निर्वाचन तालिका अनुसार असोज २१ गते मतदाता नामावली प्रकाशन भएको छ । त्यसैगरी असोज २९ र ३० गते मतदाता नामावलीमा दावी विरोध, अपुग विवरण पेश गर्ने, नाम थर फर्मको नाम सच्याउनका लागि समय तोकिएको छ भने अन्तिम मतदाताको नामावली ३० गते बेलुका ४ बजे प्रकाशन गरिने छ ।

उम्मेदवारहरुको उम्मेदवारी दरखस्त कार्तिक १ गते बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म रहने र उम्मेदवारहरुको नामावली सोही दिन ४ बजे प्रकाशन गरिने निर्वाचन समिति संयोजक रिजालले बताए । यसैगरी उम्मेदवारहरुको दावी विरोध कार्तिक २ गते साँझ ३ बजेसम्मका लागि तोकिएको छ भने अन्तिम नामावली कार्तिक २ गते साँझ ४ बजे प्रकाशन गरिने छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार उम्मेदवारी फिर्ता लिने समय कार्तिक ३ गतेदेखि ४ गते साँझ ६ बजेसम्मका लागि ताकिएको छ । उम्मेदवारहरुको पुनः अन्तिम नामावली प्रकाशन कार्तिक ५ गते बिहान १० बजे गरिने छ ।

संयोजक रिजालका अनुसार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह कार्तिक ५ गते बिहान १०ः३० देखि दिउँसो १ बजेसम्म प्रदान गरिने छ । चुनाव प्रचार प्रसारका लागि कार्तिक ५ गते साँझ ५ बजेदेखि कार्तिक ८ गते राती १२ बजे सम्मका लागि समय निर्धारण गरिएको छ । त्यसै गरी मौन अवधि कार्तिक ९ गते १ बजेदेखि राती १२ बजे सम्म रहने छ । कार्यसमिति चयनका लागि कार्तिक १० गते बिहान ६ बजे देखि साँझ ५ बजेसम्म मतदान हुने संयोजक रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे