देउखुरीको गढवामा आधारभूत आँखा स्वास्थ्य तालिम



देउखुरीको गढवामा आधारभूत आँखा स्वास्थ्य तालिम

शिबराज पन्थी, गढवा ६ पौष ।

नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजनामा आइतबार देउखुरीको गढवामा स्वास्थ्यकर्मीहरुका लागि आँखा स्वास्थ्य तालिम सम्पन्न भएको छ । नेत्रज्योति संघ दाङका सल्लाहकार उमाकान्त पन्तको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गरेका थिए ।

तालिमको उद्घाटन गर्दै अध्यक्ष यादवले आँखा जिवनको महत्वपुर्ण अंग भएको बताउँदै तालिममा सिकेको सिपलाई ब्यवहारमा लागु गर्न सहभागि स्वास्थ्यकर्मिहरुलाई आग्रह गरे ।

गढवा गाउँपालिकाले बिभिन्न समयमा लमही आँखा अस्पताल संग समन्वय र सहकार्य गर्दै निःशुल्क आँखा उपचार शिविरहरु संचालन गरेको,मोतियाबिन्दुको अपरेशन शिविर संचालन गरेको र कोइलाबासमा आँखा अस्पताल स्थापनामा सहयोग गरेको अध्यक्ष यादवले बताए ।

शिविरमा गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका ३० जना भन्दा बढी स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लमही आँखा अस्पतालका दृष्टी बिशेषज्ञ मदन चौधरीले सहभागिहरुलाई प्रशिक्षण दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे