देउखुरीको गढवामा बृहत पशु स्वास्थ्य शिविर



देउखुरीको गढवामा बृहत पशु स्वास्थ्य शिविर

शिबराज पन्थी, गढवा ६ पुस ।

देउखुरीको गढवा गाउँपालिका पशु सेवा शाखाको आयोजनामा वडानं. २ पचाहामा आइतबार बृहत पशुस्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरको उद्घाटन आइतबार बिहान गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गरेका थिए ।

पशुस्वास्थ्य शिविरको उद्घाटन गर्दै अध्यक्ष यादवले पशुपालन ब्यवसायलाई प्रबर्धन गर्न गाउँपालिकाले स्थानीय जनताहरुलाई सजिलो होस भनेर गाउँ–गाउँमा निःशुल्क पशुस्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको बताए । चालु आर्थिक बर्षको स्विकृत कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको र शिविरबाट धेरै किसानहरुले लाभ लिएको पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मीले जानकारी दिए ।

शिविरमा ३ हजार पाँचसय बढी पशुहरुलाई जुका र नाम्ले रोगको औषधि वितरण गरिएको र २ हजार बढी पशुहरुलाई भ्यागुते र नाम्ले रोगको खोप लगाइएको शाखाले जानकारी दिएको छ । सो अवसरमा गाई,भैसी,भेंडा,बाख्रा,कुखुरा,हाँस र सुंगुर तथा बंगुरहरुको प्राथमिक उपचार गरिनुको साथै औषधि वितरण तथा खोप लगाइएको थियो ।

कार्यक्रममा वडानं. २ का वडा अध्यक्ष भक्तु चौधरी, पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी, पशुसेवा प्राबिधिकहरु तथा पत्रकारको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे