कांग्रेसमय बन्यो राजपुरको ताली गाउँ, ५१ जना स्थानीय कांग्रेसमा प्रबेश



कांग्रेसमय बन्यो राजपुरको ताली गाउँ, ५१ जना स्थानीय कांग्रेसमा प्रबेश
टेकबहादुर पुन,  राजपुर ६ पुस  ।
देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित ताली गाउँ कांग्रेसमय बनेको छ । गाउँका सबै स्थानिय कांग्रेसमा प्रबेश गरेपछि ताली गाउँ काँग्रेसमय बनेको हो । आईतबार त्यहाँ आयोजित कार्यक्रमको अबसरमा ५१ जना स्थानिय कांग्रेसमा प्रबेश गरेका हुन् । ताली गाउँबाट मात्रै ३४ जना प्रबेश गरेका छन भने गल्चु र सुनपत्री गाउँबाट गरि ५१ जनाले प्रबेश गरेका हुन् ।
नवप्रबेसी हरुलाई नेपाली कांग्रेस दाङ क्षत्र नम्बर १ का क्षत्रिय सभापती भेषराज पाण्डेय र नेपाली कांग्रेसका महासमिति सदस्य जानकिलाल बस्नेतले फुलमाला तथा अबिरले स्वागत गर्दै कांग्रेसमा प्रबेश गराएका हुन । नेपाली कांग्रेस राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सभापती भिमबहादुर खड्काको शभापतित्व तथा नेपाली कांग्रेस दाङ क्षत्र नम्बर १ का क्षत्रिय सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्य एबम् नेपाली कांग्रेसका महासमिति सदस्य जानकिलाल बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा राजपुर कम्युनिस्टका जन्मदाता भनेर चिनिने खिमसिङ राणाले नेकपाको पछिल्लो गतिबिधि चित्त नबुझेका कारण कांग्रेसमा प्रबेश गरेको बताए । निस्वार्थ भावनाले जनताको सेवा गर्नका निमित्त २०५० सालदेखी तत्कालिन एमालेबाट राजनिति शुरु गरेका राणाले नेकपामा निस्वार्थ भाव नदेखिएका कारण कांग्रेसमा प्रबेश गरेको जानकारी दिए । “स्वार्थले राजनिति चल्दैन, जनताको सेवा गर्न निस्वार्थ भाव चाहिन्छ राणाले भने-नेकपा स्वार्थले भरिपुर्ण छ ।”
खिमसिङ राणाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा राजपुर गाउँपालिकाका पार्टी सभापती शरद बुढाथोकी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, उपाध्यक्ष धनपतीदेवी यादब, नेवी संघका पुर्ब केन्द्रीय उपाध्यक्ष पवन यादब, नेवी संघकै पुर्ब क्षत्रिय सचिब प्रेम कालाथोकी लगायतका बक्ताले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा अोमप्रकाश बस्नेतले धन्यबाद ज्ञापन गरेका थिए भने सञ्चालन लालबिर खड्काले गरेका थिए । खिमसिङ राणा, ईन्द्र वली, शेर बहादुर खड्का, प्रेम पुन, शोभाराम बिक र बिरु बिकको नेतृत्वमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे