नेकपा एमाले दाङको १४ औँ अधिवेशनको तयारी पूरा, भाेली पार्टी महासचिव पाेख्रेलले उद्घाटन गर्ने



नेकपा एमाले दाङको १४ औँ अधिवेशनको तयारी पूरा, भाेली पार्टी महासचिव पाेख्रेलले उद्घाटन गर्ने

दाङ ५ जेठ । नेकपा एमाले दाङको जेठ ६ र ७ गते हुन लागेको १४ औँ  जिल्ला अधिवेशनको तयारी पूरा भएको पार्टीले जनाएको छ ।

सहिद नेत्रलाल पौडेल ‘अभागी’ को स्मृति दिवसको अवसर पारेर गर्न थालेको जिल्ला अधिवेशनका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अधिवेशनको तयारीका बारेमा जानकारी गराईएको हो । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख सविन प्रियासनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले जेठ ६ गते हुने अधिवेशनको उदघाटन पार्टीका महासचिव शंकर पोख्रेलले गर्ने बताएका छन् । यस अघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेकाे थियाे ।

अधिवेशनकाे उदघाटन समारोह घोराही १४ स्थित सभागृहमा हुने बताउँदै एमाले जिल्लाका १४ हजार २ सय ५९ पार्टी सदस्यबाट छनोट भएर आएका प्रतिनिधिलाई अधिवेशनमा सहभागी गराईने दाङ पार्टी अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसा १ सय ८३ जना महिला सदस्य, १ सय ४३ जना दलित सदस्य, ३ सय ७३ जना पुरुष सदस्य, अधिवेशनको अनुसुची १ अनुसार ५० जना र अनुसूची २ अनुसार ३९ जना गरी ७ सय ८८ जना अधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । अधिवेशन भव्य रुपमा सम्पन्न गर्न विभिन्न ८ वटा उपसमिति समेत गठन गरी जिम्मेवारी बाँडफाड गरिएको पार्टी अध्यक्ष बस्नेतले बताए ।

उनले अधिवेशन सम्पन्न गर्न मन्च व्यवस्थापन, भान्स व्यवस्थापन, आर्थिक संकलन, अतिथि सत्कार, जनपरिचालन, राजनीतिक प्रतिवेदन र प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । यसैबीच, १४औँ अधिवेशन पार्टीको एकता, हार्दिकता र मिसन ८४ को अधिवेशनका रुपमा भएको जिल्ला अध्यक्ष बस्नेतले बताए । उनले एमालेलाई मिसन ८४ मा सफल बनाउन अधिवेशनमा सर्वसम्मत नेतृत्व रहने गरि आन्तरिक रुपमा छलफल जारी रहेको बताए । उनले व्यक्तिका विषयमा नभई सुदृढ र गतिशील संगठनका रुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने गरी छलफल भईरहेको बताए।

यसैबीच अधिवेशन लक्षित लोगो पनि सार्वजनिक गरिएको छ । लोगोमा राजनीतिक, धार्मिक, सामाजिक, सांस्कृतिकलगायत विषय समावेश भएको र यसले दाङको समग्र अवस्थाका बारेमा उजागर गर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा पार्टी पोलिट व्यूरो सदस्य शान्ता चौधरी, प्रदेश तथा जिल्ला तहका नेता, पार्टी उपाध्यक्ष, पार्टीकी केन्द्रीय सदस्य साजिदा सिद्धिकी र सचिव लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण संगीत बस्यालले गरेका थिए ।

एमाले अध्यक्ष केपी ओली नआउने 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाङ नआउने भएका छन् । केन्द्रमा देखिएको समसामयिक राजनीतिक घटनाक्रमका कारण अन्तिम समयमा आएर दाङ आउने कार्यक्रम रद्द गरिएको नेकपा एमालेकी केन्द्रिय सदस्य कोमल वलीले जानकारी दिए ।  प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले पर्सि विश्वासको मत लिने कार्यक्रम रहेकाले मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गर्नुपर्ने भएकाले प्रधानमन्त्रीकै आग्रहमा दाङ आउने कार्यक्रम रोकिएको केन्द्रिय सदस्य वलीले बताए । अध्यक्ष ओली जिल्ला अधिवेशनको उद्घाटन गर्न आज नेपालगञ्ज हुँदै तुलसीपुर आएर कोमल ओली रिसोर्टमा बस्ने कार्य तालिका रहेको थियो ।
शंकर पोखरेलसँग पत्रकार भेटघाट 
प्रेस चौतारी दाङले नेकपा एमाले दाङका महासचिव शंकर पोखरेलसँग पत्रकार सम्मेलन गर्ने भएको छ । भोली बिहान ८ बजे तुलसीपुरको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको प्रेस  चौतारी दाङका कोषाध्यक्ष गोकर्ण पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे