राप्तीको ४ नम्बर वडामा हावाहुरी सँगै आएको पानीले केही घरमा क्षती, विद्युत पोल समेत ढल्यो



राप्तीको ४ नम्बर वडामा हावाहुरी सँगै आएको पानीले केही घरमा क्षती, विद्युत पोल समेत ढल्यो

भालुवाङ २ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मा हावाहुरी सँगै आएको पानीले केहि घरको छाना उडाउनुका साथै ३ वडा विद्युत पोल समेत ढलेको छ ।बेलुका ४ बजेको समयमा आएको हावाहुरी सहितको पानीले राप्ती गाउँपालिका वडा नम्बर ४ नयाँगाउँ निवासी बालाराम भण्डारीको बैकले घरको टिनको छाना उडाउदा करिव ५० हजार बराबरको क्षति भएको पिडित भण्डारीले बताएका छन् । टिन उडाउदा घरभित्र रहेका अन्नपात तथा लत्ताकपडा भिजेको पिडित भण्डारीले बताएका छन् । त्यस्तै सोही वडाको श्रीनारायण चोक मौरीघाट स्थित रामदेव चौधरीको घरको टायल उडाउदा आंशिक क्षति भएको छ । टायल उडाउदा करिव १५÷१६ हजार बराबरको क्षति भएको पिडित चौधरीले बताएका छन् ।त्यस्तै सोही वडाकै सिरिन भ्याली टोलका श्यामलाल चौधरीको घरमा पनि आंशिक क्षति भएको छ । घरमा छाएको टिनलाई क्षतविक्षत बनाउँदा १५÷२० हजार बराबरको क्षति भएको पिडित चौधरीले बताएका छन् । हावाहुरी सँगैको पानीले सोही वडाकै लमही भालुवाङ सडक खण्डको गोपीनाला नेर २ वटा विद्युत पोल र सिरिन भ्याली स्कुल जाने बाटोमा रहेको थप १ विद्युत पोल गरी ३ वटा विद्युत पोल ढल्दा विद्युत अवरुद्ध भएको छ । हावाहुरी सँगै आएको पानीले वडामा पु¥याएको क्षति बारे वडा अध्यक्ष बिरबहादुर चौधरीले स्थलगत रुपमा अध्या अवलोकन गरी राहत उपलब्ध गराउन पालिकालाई अनुरोध गर्ने बताएका छन् । अन्य ठाउँमा के कस्तो क्षति भएको बारे विवरण आउन बाँकी रहेको सम्बन्धित वडा अध्यक्षहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे