पब्लिक एजुकेसनमा निर्वाचन : कप्तानमा मोहन पुन मगर र उपकप्तानमा मिसन रोका मगर विजय



पब्लिक एजुकेसनमा निर्वाचन : कप्तानमा मोहन पुन मगर र उपकप्तानमा मिसन रोका मगर विजय

भालुवाङ ३१ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका–२, बराखुट्टी स्थित पब्लिक एजुकेसन एकेडेमीमा कप्तान र उपकप्तान चयनका लागि निर्वाचन भएको छ ।सो विद्यालयले संसदीय प्रणालीको झझल्को दिने गरी प्रत्यक्ष निर्वाचन गराई कप्तान र उपकप्तानको चयन गरेको छ । कितावी ज्ञान सँगै विद्यार्थीहरुलाई निर्वाचन प्रणाली बारे जानकारी चतथा प्रत्यक्ष सहभागी गराई शिक्षण सिकाईमा वृद्धि गर्ने उद्देश्यले कप्तान र उपकप्तान चयन गरिएको विद्यालयका प्रधानध्यापक चम्पकराज कार्कीले जानकारी दिएका छन् । सोमबार भएको कप्तान र उपकप्तान निर्वाचन अन्तरगत कप्तान तर्फ भएको निर्वाचनमा कक्षा १० मा अध्ययनरत (किताव) चुनाव चिन्हका मोहन पुनले १४९ मत ल्याएर विजय भएका छन् । उनले साही कक्षामा अध्ययनरत निकटतम प्रतिद्धन्दी (पंखा) चुनाव चिन्हका यज्ञ विकलाई ११ मतले हराएका छन् । पुनले १४९ मत ल्याउँदा विकले १३८ मत ल्याएका थिए ।

त्यस्तै उपकप्तान तर्फ भएको निर्वाचनमा कक्षा १० मा अध्ययनरत (मोबाइल) चुनाव चिन्हका मिसन रोका मगरले ९८ मत ल्याएर विजय भएका छन् । उनले साही कक्षामा अध्ययनरत निकटतम प्रतिद्धन्दी (स्कुल बस) चुनाव चिन्हका वर्षा पाण्डेलाई २ मतले हराएका छन् । रोका मगरले ९८ मत ल्याउँदा पाण्डेले ९६ मत ल्याएको निर्वाचन अधिकृत लोकबहादुर थापाले जानकारी दिएका छन् । १ जना कप्तानका लागि ८ जनाले उम्मेदवारी दिएका थिए भने १ जना उपकप्तानका लागि १० जनाले उम्मेदवारी दिएका थिए । कुल ४८० मतदाता रहेकोमा ४५१ मत खसेको थियो । जसमा २ मत बदर र ४४९ मत सदर भएको निर्वाचन अधिकृत थापाले जानकारी दिएका छन् ।विजेताहरुलाई निर्वाचन अधिकृत थापा र प्रधानाध्यापक चम्पकराज कार्कीले टिका र खादा लगाएर स्वागत तथा बधाई दिएका थिए । ४ कक्षा देखि १० सम्मका विद्यार्थीबाट निर्वाचित प्रकृया अनुसार कप्तान र उपकप्तान छनौट गरिएको हो । विजय भएका कप्तान र उपकप्तानले विद्यालय प्रशासनलाई सहयोग गर्ने, विद्यार्थीहरुलाई अनुशासित बनाउने, खेलकुद तथा अतिरिक्त क्रियाकलाप , सरसरफाई गर्ने र सम्पुर्ण विद्यार्थीहरुको नेतृत्व गर्ने प्रधानाध्यापक कार्कीले बताएका छन् । विहान ११ः३० देखि २ः३० बजे सम्म मतदान भएको थियो भने त्यस लगत्तै मतगणना र ३ः३५ मा नतिजा घोषणा गरिएको थियो । निर्वाचनमा निर्वाचन अधिकृत लोकबहादुर थापा, रविलाल कडेल, सहायक निर्वाचन अधिकृत शोनु भण्डारी, एलिसा पोख्रेल र गणकहरुमा पदम गिरी, धनेश्वर पोख्रेल, अल्ताफ अहम्मद, सुर्दशन सुवेदी र विष्णु गिरी खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे