देउखुरीको राप्ती र गढवा गाउँपालिका जोड्ने नेपालको तेस्रो लामो झोलुङ्गे पुलको निर्माण कार्य शुरु



देउखुरीको राप्ती र गढवा गाउँपालिका जोड्ने नेपालको तेस्रो लामो झोलुङ्गे पुलको निर्माण कार्य शुरु

देउखुरी टुडेकर्मी, भालुवाङ १ पुस ।

नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने उक्त पुलको काम सुरु भएदेखि गाउँका स्थानीयले खुसि व्यक्त गरेका हुन् । पुल निर्माणको काम सम्पन्न भएपछि राप्ती गाउँपालिका अन्तरगत कुररिया, मसुरिया, कठाहा, बसन्तपुर र गढवा गाउँपालिका अन्तरगत पत्रिङ्गा, बडाहाढा, बनघुस्री, जेठानगाउँका स्थानीयलाई आवतजावतमा सहता हुने राप्ती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष चन्दर चौधरीले जानकारी दिए ।

यसभन्दा पहिला पुल नहुदा स्थानियलाई लमही गढवा हुदै उक्त गाउँमा जानुपर्ने बाध्यता रहेको थियो भने पुन निर्माण पश्चात् उक्त समस्या अन्त्य हुने वडाध्यक्ष चौधरीको भनाइ छ । नेपाल पहिलो झोलुङ्गे महेन्द्रनगर देखि पश्चिम चादनि दोधारामा रहेको छ भने दोस्रो इलाममा र तेस्रो दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने आठ सय अठार मिटर लामो झोलुङ्गे पुल नदिमा निर्माणको काम सुरु भएको हो । उक्त पुलमा पाँचवटा टावर रहेको छ ।

तीन वर्षको योजना रहेको पुल निर्माणको काम अब डेरवर्ष भित्र सकिने थानि निर्माण सेवा काठमाडौ गौशालाका प्रतिनिधि विक्रम बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार तराई मधेस कार्यक्रम अन्तरगत दस करोड २७ लाख मा डेण्डर भइ आठ करोड २७ लाखमा निर्माण कम्पनीले ठेक्का ल्याएको हो । उक्त पुलको प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले स्थलगत अवलोकन तथा निरिक्षण गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘निर्वाचनको बेला मैले जनताको सामु राप्ती र गढवा जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने प्रतिवद्धता जनाएको थिए । मलाई निर्वाचन गराउनुहोस् यस ठाउँको विकास म गर्छु भनेको थिए आज उक्त गाउँमा पुल निर्माणको काम सुरु भएको छ ।’

निरिक्षण गर्दै सदस्य चौधरीले योजनाको काम समयमा सम्पन्न गर्न निर्देशन दिदै, काम गर्ने क्रममा आइपर्ने समस्या बारे स्थानीयसंग समन्वय गरेर कामलाई तिब्रता दिन आग्रह गर्नु भएको हो । यस्तै प्रगन्न सिचाइ प्रणालीको कार्यालय भवनको स्थलगत निरिक्षण तथा अनुगमन गर्नु भएको छ । निर्वाचन क्षेत्र विकास कोषको पचाँस लाख बजेटबाट निर्माण भइरहेको डेर कठ्ठा जग्गामा अठ कोठे पक्कि भवनको सदस्य चौधरीले सोमबार अनुगमन गर्नु भएको हो । अहिले भवनको फिनिसिङ्को काम बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे