राप्ती गाउँपालिकाद्वारा अग्नि पिडित चुलामी चाैधरीलाई राहत सामाग्री प्रदान



राप्ती गाउँपालिकाद्वारा अग्नि पिडित चुलामी चाैधरीलाई राहत सामाग्री प्रदान

भालुवाङ २७ चैत।  दाङ देउखुरीको राप्ती गाउँपालिकाले पालिकाकाे वडा नम्बर २ मुक्तिनगर लालमटिया निवासी अग्नि पिडित चुलामी चाैधरीलाई मंगलबार राहत सामाग्री प्रदान गरेको छ।

पिडित चाैधरीलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,  प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी र विपद व्यवस्थापन शाखाका फाेकल पर्सन सुवास भट्टराईले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री प्रदान गरेका छन् । साे अवसरमा गाउँपालिकाका अध्यक्ष विष्टले काेही नहुनेहरुकाे लागि स्थानीय सरकार हुने भन्दै पिडित चाैधरीकाे घर पुनर्निर्माण कार्यमा स्थानीय सरकारले टिन तथा अन्य आवश्यक सामाग्री सहयोग गर्ने बताए । एकल महिला समेत रहेकी चाैधरीको टिनले छाएको कच्ची घरमा गत आइतबार राति ७ बजे तिर विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट चाैधरीको घरमा रहेको अन्नपात , लत्ताकपडा, कागजात जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे