दाङकाे देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एक जनाको मृत्यु



दाङकाे देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एक जनाको मृत्यु

भालुवाङ १० चैत । दाङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा विचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

दुर्घटनामा परेर राजपुर गाउँपालिका–५ नौसहरा निवासी २४ बर्षीय प्रमोद यादवको मृत्यु भएको र सोही ठाउँ निवासी २४ बर्षीय प्रदिप यादव गम्भिर घाईते भएका छन्। यादवको प्राथमिक उपचार लमही अस्पतालमा गरिएको र थप उपचारको लागि बुटवल लगिएको छ। दुर्घटनापछि स्थानीयहरु आक्रोशित बनेका छन्। उनीहरुले बसमा तोडफोड र आगजनीको प्रयास गरेका छन् । घटना स्थलमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वली सहितको टोली खटिएको छ। बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे