श्यामा रावतले मनाइन् सर्वोदयमा जन्म दिन : १० जना विद्यार्थीलाई स्कुल ड्रेस सहयोग



श्यामा रावतले मनाइन् सर्वोदयमा जन्म दिन : १० जना विद्यार्थीलाई स्कुल ड्रेस सहयोग

सिसहनियाँ ८ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ निवासी श्यामा रावतले आफ्नो जन्म दिनमा गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई स्कुल ड्रेस सहयोग गरेकी छिन् ।

सोही वडामा रहेको सर्वोदय मावि सिसहनियाँको विद्यालय व्यवस्थापन समितिको सदस्य समेत रहेकी रावतले आफ्नो ४३ औं जन्म दिनको अवसरमा सोही विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरूलाई १/१ सेट स्कुल ड्रेस प्रदान गरेकी हुन् । कुल ५ हजार ७ सय ५० रूपैयाँ बराबरको १० सेट ड्रेस मंगलबार विद्यालयको प्रार्थना समयमा एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई हस्तान्तरण गरेकी हुन् ।

जन्म दिन मनाउने तरिका फरक फरक छन् । कसैले केक काटेर, कसैले महगा महगा होटल बुकिङ गरेर भोजभतेर गरेर जन्म दिन मनाउने तरिका आफुलाई मन नपर्ने बरू त्यो पैसाले गरिव दुखीहरूलाई सहयोग गरे पुण्य प्राप्त हुने विश्वासका साथ विगतका वर्ष देखि नै विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको रावतले बताएकी छिन् ।

सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर केसी तथा शिक्षक स्टाप, देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, युवा नेता अमृत अधिकारी, रावतका साथीहरू इन्दिरा पोख्रेल, संगिता बेल्वासे, दुर्गा ग्वाङ मगर, खुमा सुवेदी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे