हरियाली सहकारीद्वारा विद्यार्थीहरुका लागि १ दिने वित्तीय साक्षरता कार्यक्रम



हरियाली सहकारीद्वारा विद्यार्थीहरुका लागि १ दिने वित्तीय साक्षरता कार्यक्रम

सिसहनियाँ २६ माघ । दाङको राप्ती गाउँपालिका -५ सिसहनियाँ स्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी १ दिने कार्यक्रम गरेको छ।

संस्थाले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालयमा १ दिने वित्तीय साक्षरता कार्यक्रम गरेको हो । संस्थाका उपसमिति संयोजक हरिकला पाण्डेको अध्यक्षता एवम् संस्थाका अध्यक्ष रेशमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीको इतिहास देखि वर्तमान अवस्था बारे जानकारी बचत तथा ऋण र विद्यार्थी जिवनमा बचत किन आवश्यक छ र यसका फाइदा लगायतका विषयमा जानकारी गराइएको थियोे ।

कक्षा १०,११ र १२ का ८३ जना विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण हरियाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक उमेशकुमार चौधरीले गरेका थिए ।
कार्यक्रममा शंकर माविका प्रधानाध्यापक सुवर्णमान चौधरी र ऋण शाखा प्रमुख पुष्पा रोका थापाको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे