हिमालयन लघुवित्त वित्तीय संस्थाद्वारा बीमा रकम हस्तान्तरण
भालुवाङ १५ माघ । हिमालयन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राप्ती गाउँपालिका- २ लालमटियाले मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।संस्थाले सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि संस्थाका ३ जना सदस्यहरूलाई मृत्यु बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाका सदस्य स्व. मार्सल खनालको मृत्यु पश्चात् पाउनुपर्ने १ लाख ४२ हजार ८ सय ६७ हजार रूपैयाँ बराबरको बीमा रकम उनको श्रीमती मञ्जु वलीलाई, त्यसै गरि सदस्य गिता शर्माले श्रीमानको मृत्यु पश्चात् पाउनु पर्ने ९३ हजार ७ सय ५० रूपैयाँ र सदस्य भगवता केसीले श्रीमानको मृत्यु पश्चात् पाउनुपर्ने २५ हजार रूपैयाँ बीमा वाफतको रकम बुझेका छन् । सो बीमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारीले हस्तान्तरण गरेका छन् ।
संस्थाबाट सदस्य स्व. मार्सल खनालले २ लाख ५० हजार रुपैयाँ कर्जा लिएकाेमा १ लाख ३२ हजार १ सय ३३ रूपैयाँ तिर्न बाँकी रहेकोमा उक्त ऋण मिनाह भई १ लाख ४२ हजार ८ सयल ६७ हजार रूपैयाँ बराबरको बीमा रकम उनको श्रीमती मञ्जु वलीलाई हस्तान्तरण गरिएको हो । त्यस्तै सदस्य गिता शर्माले ७५ हजार रुपैयाँ कर्जा लिएकाेमा श्रीमानको मृत्यु पश्चात् ९३ हजार ७ सय ५० रूपैयाँ बीमा रकम बुझेकी हुन् भने त्यस्तै सदस्य भगवता केसीले २९ हजार रुपैयाँ कर्जा लिएकाेमा श्रीमानको मृत्यु पश्चात् २५ हजार रूपैयाँ बीमा रकम बुझेकी हुन् । बीमा रकम हस्तान्तरण कार्यक्रममा संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र कर्मचारीहरू सन्तोष भण्डारी, रिमा चाैधरीको उपस्थिति रहेको थियो ।