राप्ती गाउँपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बीच सहकार्य हुने



राप्ती गाउँपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बीच सहकार्य हुने

देउखुरी ३ माघ । राप्ती गाउँपालिका दाङ र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र काभ्रेपलान्चोक बीच सहकार्य हुने भएकाे छ।

गाउँपालिका र केन्द्र बिच पालिका भित्र रहेका शारीरिक आपाङ्गता भएका बालबालिकाहरुको अविलम्ब पहिचान, उपचार,सामाजिकीकरण, मुलप्रवाहिकरण तथा व्यवस्थापनका लागि घुम्ती शिविर ,सचेतीकरण,साहयक सामाग्री नाप र वितरण ,शल्यक्रिया र पुनर्स्थापना सेव प्रदान गर्ने विषयमा सहकार्य हुने भएको हाे। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी ,प्रमुख प्रसाशकिय अधिकृत नेब बहादुर ओली र अपांग बाल अस्पताल तथा पुनःस्थापन केद्रका बालअधिकार तथा सुचना अधिकृत बीनिता खड्का ,सुपरभाइजर लेखनाथ आचार्य बीच साे विषयमा छलफल भई सहकार्य गरि अगाडि बढ्ने सहमति भएको हाे।

केन्द्रले विगत ३८ वर्ष देखि देशका विभिन्न जिल्लाहरुमा शारीरिक अपाङ्गता भएका १८ वर्षसम्मका सीमान्तकृत परिवारका बालबालिकालाई प्राथमिकतामा राखेर उनीहरुको उच्चस्तरको स्वास्थ्य,उपचार तथा पुनर्स्थापना सेवाहरु प्रदान गर्दै आइरहेको अपांग बाल अस्पताल तथा पुनःस्थापन केद्रकी बालअधिकार तथा सुचना अधिकृत बीनिता खड्का बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे