मसुरीयामा महायज्ञ जारी, १० हजार बढी दान गर्ने अर्जुनप्रसाद न्यौपाने अहिले सम्मकै उत्कृष्ट दानवीर



मसुरीयामा महायज्ञ जारी, १० हजार बढी दान गर्ने अर्जुनप्रसाद न्यौपाने अहिले सम्मकै उत्कृष्ट दानवीर

भालुवाङ २८ मंसिर । लुम्बिनी प्रदेशको राजधानी स्थल दाङ–देउखुरीको राप्ती गाउँपालिका –३. मसुरियामा सञ्चालित महायज्ञमा १० हजार ५५ रुपैयाँ दान गर्ने अर्जुनप्रसाद न्यौपाने अहिले सम्मकै उत्कृष्ट दानवीर बनेका छन् ।घण्टदेव धाम धार्मिक पर्यटकिय जलाधार संरक्षण स्थलको प्रारम्भिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका जारी श्रीमद् भागवत महापुराण सप्ताह धनधन्याचल ज्ञान महायज्ञमा आज दोस्रो दिन राप्ती गाउँपालिका–३, मसुरिया निवासी जनसेवा पसलका प्रोपाइटर न्यौपानेले सो रकम दान गरेका हुन् । त्यसै गरि महायज्ञमा यो समाचार तयार पार्दा सम्म अहिले सम्म नगद दान र कलश बुकिङबाट गरि ३१ हजार बढी रकम संकलन भइसकेको सचिवालयले जानकारी दिएको छ ।

जस अनुसार राप्ती गाउँपालिका–३ उत्तर मसुरिया निवासी कमला घर्तीले ३ हजार ५५, तानसेन ९ मदन पोखरा पाल्पा निवासी भवानी गौतमले २ हजार ५, राप्ती गाउँपालिका–३ प्रगति टोल निवासी राममणी आचार्यले २ हजार ५०, राप्ती गाउँपालिका–३ प्रगति टोल निवासी टोपाराम उपाध्यायले १ हजार १ सय ७०, राप्ती गाउँपालिका– ३ खुरूरीया निवासी संदिप अधिकारीले १ हजार ५, राप्ती गाउँपालिका– ३ उत्तर मसुरीया निवासी शान्ति सुनारले १ हजार ५ सय ५५ र राप्ती गाउँपालिका– ३ नयाँबस्ती मसुरीया निवासी सठराम चौधरीले १ हजार ५सय ५ रुपैयाँ दान गरेका छन् ।

महायज्ञ अवधीभर नेपालकै ख्याती प्राप्त प्रखर वाचक व्यासाचार्य श्री भक्तराज जोशी भगवतशरण ज्यूको श्रीमुखारबिन्दवाट सु–मधुर शैलीमा कथा वाचन हुने आयोजकले जानकारी दिएको छ ।  मण्डप पुजा मंसिर २७ देखि पुस ४ गते सम्म दैनिक विहान ६ बजे देखि ८ बजे सम्म, दैनिक भागवत पाठ परायण, भजनकिर्तन साथै देवलिला झाँकी विहान ८ बजे देखि १० बजे सम्म, दैनिक प्रवचन विहान ११ बजे देखि ४ बजे सम्म र बेलुका ७ बजे देखि राति १० बजे सम्म, लाखबत्ती जागाराम, पुस ४ गते र महायज्ञ समापन पुस ४ गते गरिने आयोजकले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे